काठमाडौं : नेपाल एसबिआई बैंक र स्काइलाइन इन्फ्राबीच सुविधामा छुट सम्बन्धी सम्झौता भएको छ । बैंकका सम्पूर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवाका प्रयोगकर्तालाई स्काइलाइन इन्फ्रामामा खाद्य तथा पेय पदार्थ र अन्य सुविधाहरूमा १५ प्रतिशत तथा आवास सुविधामा १० प्रतिशत छुट प्रदान गर्नेगरी सम्झौता भएको हो ।
सम्झौतापत्रको आदानप्रदान नेपाल एसबिआई बैंकका मधेश प्रदेश प्रमुख उदय पन्जीयार थारु र स्काईलाईन इन्फ्राका निर्देशक अंकुर भंगर अग्रवालले गरेका थिए । सम्झौता कार्यक्रममा वीरगन्ज शाखाका प्रबन्धक राकेश महर्जन र अन्य बैंक तथा होटेलका पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।