२०८२ वैशाख ८ गते सोमवार / Apr 21 , 2025 , Monday
२०८२ वैशाख ८ गते सोमवार
Ads

ग्लोबल आइएमईको ‘ग्लोबल म उद्यमी कर्जा’ सार्वजनिक

draupadi film
मध्यान्ह
२०८१ फागुन २३ गते २०:४३
ग्लोबल आइएमईको ‘ग्लोबल म उद्यमी कर्जा’ सार्वजनिक

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले साना तथा मझौला उद्यमी लक्षित ‘ग्लोबल म उद्यमी कर्जा’ सार्वजनिक गरेको छ । महिला उद्यमीहरूलाई वित्तीय सहजीकरण गर्ने उद्देश्यसहित रोजगारीको विकास, सामाजिक विकास र स्थानीय समुदायहरूमा आर्थिक सशक्तिकरणमा सहयोग पुग्ने गरी बैंकले उक्त कर्जा ल्याएको हो ।

यस योजनाले महिलाहरूलाई उद्यमी भई व्यवसाय सञ्चालन गर्न प्रोत्साहित गर्ने बैंकले जनाएको छ । महिलाहरूले नेतृत्व गरेको कृषि, उत्पादन, प्रशोधन तथा बजारीकरण क्षेत्रको घरेलु, साना तथा मझौला उद्योगलाई बैंकले विशेष प्राथमिकता दिई कर्जा प्रदान गर्नेछ ।

यस योजनाअन्तर्गत आकर्षक सुविधाहरुसहित न्यूनतम् ब्याजदरमा महिला उद्यमीहरूलाई १० करोड रुपैयाँसम्मको कर्जा प्रदान गर्दछ । महिलाहरूको कम्तीमा ५० प्रतिशत स्वामित्व भई उनीहरूकै नेतृत्वमा व्यवसाय सञ्चालन भएका व्यवसायहरू मात्र सो कर्जाका लागि योग्य हुनेछन् । यो कर्जा योजनाअन्तर्गत ग्लोबल म उद्यमी कर्जा लिँदा बैंकले उद्यमी डिजिटल उपहार प्रदान गर्ने जनाइएको छ ।

ADV

सम्बन्धित खबर

Advertise