२०८२ वैशाख ८ गते सोमवार / Apr 21 , 2025 , Monday
२०८२ वैशाख ८ गते सोमवार
Ads

यामाहा नेपालले सार्वजनिक गर्‍यो डब्लूआर १५५आर

draupadi film
मध्यान्ह
२०८१ फागुन २३ गते २०:४४
यामाहा नेपालले सार्वजनिक गर्‍यो डब्लूआर १५५आर

काठमाडौं : यामाहा नेपालले यामाहा डब्लूआर १५५आर सार्वजनिक गरेको छ । धुलिखेलको डर्ट टेम्पलमा आयोजित एक समारोहमा उक्त मोटरसाइकल सार्वजनिक गरिएको हो ।

कार्यक्रममा यामाहा नेपालका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार अग्रवालले एकमुष्ट साँचो हस्तान्तरण समारोहमा डब्लूआर १५५आर का ग्राहकहरूलाई साँचो हस्तान्तरण गरेका थिए । यामाहाले समारोहमा सबै सहभागीहरूलाई आवश्यक अफ रोड सवारी प्रविधिहरूसँग सुसज्जित गर्दै डर्ट राइडिङ तालिम पनि प्रदान गरेको थियो । 

तालिमपछि सवारहरूले ओपन डर्ट ट्र्याकमा डब्लूआर १५५आर को क्षमताहरूको पूर्ण अनुभव लिँदै रियल वर्ल्ड कण्डिसनमा आफ्नो सीप परीक्षण गर्ने अवसर समेत पाएका थिए । डब्लूआर १५५आर अब नेपालका यामाहा शोरूमहरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

ADV

सम्बन्धित खबर

Advertise