२०८२ वैशाख ८ गते सोमवार / Apr 21 , 2025 , Monday
२०८२ वैशाख ८ गते सोमवार
Ads

नेपालमा नयाँ एमजी एस ५ इभी सार्वजनिक

draupadi film
मध्यान्ह
२०८१ फागुन २३ गते २०:४६
नेपालमा नयाँ एमजी एस ५ इभी सार्वजनिक

काठमाडौं : नेपालका लागि एमजी मोटर्सको आधिकारिक बिक्रेता प्यारामाउन्ट मोटर्सले एमजी एस ५ इभी सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच प्यारामाउन्ट मोटर्सले एमजी एस ५ इभी सार्वजनिक भएको हो ।

एमजी जेडएस इभीको उत्तराधिकारीका रूपमा प्रस्तुत गरिएको एमजी एस ५ इभी अत्याधुनिक प्रविधि, सुधारिएको प्रदर्शन र आधुनिक विद्युतीय सवारी प्रेमीहरूका लागि उत्कृष्ट विशेषताहरूको साथ बजारमा आएको छ । एमजी एस ५ इभी नेपालमा कम्फर्ट र डिलक्स दुई भेरियन्टमा उपलब्ध छन् । दुवै भेरियन्टमा ४९ किलोवाट प्रति घण्टा ब्याट्री र शक्तिशाली ९९ किलोवाट मोटर जडान गरिएको छ ।

४९ किलोवाट आवर ब्याट्री र ९९ किलोवाट मोटर भएको आरामदायी र डिलक्स भेरियन्ट भएको एमजी एस ५ इभीको सुरुवाती मूल्य क्रमशः ४३.९९ लाख र ४९.९९ लाख रहेको छ भने ६२ किलोवाट आवर ब्याट्री भएको एमजी एस ५ ईभीको मूल्य ५४.९९ लाख रहेको कम्पनीले जनाएको छ ।

ADV

सम्बन्धित खबर

Advertise