२०८२ वैशाख ८ गते सोमवार / Apr 21 , 2025 , Monday
२०८२ वैशाख ८ गते सोमवार
Ads

भरतपुरको विकास चोकमा कजारियाको नयाँ शोरुम

draupadi film
मध्यान्ह
२०८१ फागुन २३ गते २०:४७
भरतपुरको विकास चोकमा कजारियाको नयाँ शोरुम

काठमाडौं : भारतको टाइल निर्माता कजारियाले विकास चोक, भरतपुरमा शोरुम उद्घाटन गरेको छ । पशुपति ग्रेनाइट एण्ड टाइल्स सप्लायर्सद्वारा सञ्चालित सो शोरुमले उच्च गुणस्तरका टायलहरूको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य राखेको छ ।

उद्घाटन समारोहमा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठ र कजारियाको राष्ट्रिय सेल्स प्रमुख प्रवीन सिंहको उपस्थिति रहेको थियो । 

समारोहलाई सम्बोधन गर्दै कजारियाको राष्ट्रिय सेल्स प्रमुख प्रवीन सिंहले नयाँ शोरुमको उद्घाटनप्रति उत्साह व्यक्त गरेका थिए । भरतपुरको महत्वपूर्ण क्षेत्रमा रहेको सो नयाँ शोरुमले प्रिमियम टायलहरूको विस्तृत संग्रह प्रदान गर्ने उनको भनाइ थियो ।

ADV

सम्बन्धित खबर

Advertise