२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

चीनको शेन्जेन क्षेत्रमा रोबोटिक्स क्रान्ति

Nada
२०८१ फागुन २५ गते १४:०५
Shares
चीनको शेन्जेन क्षेत्रमा रोबोटिक्स क्रान्ति

एजेन्सीः चीनको शेन्जेन क्षेत्र रोबोटिक्स क्रान्तिका रुपमा अग्रणी देखिएको छ । टेक हब शेन्जेनले चीनको रोबोटिक्स क्रान्तिको नेतृत्व नै गरिरहेको छ ।

ncell

शेन्जेनको रोबोटिक्स क्षेत्रले चीनमा प्रभुत्व नै जमाइरहेको छ । अपटेकका प्रमुख ब्रान्ड अफिसर, माइकल ट्याम एआई सहअस्तित्वको युगमा रोबोटहरु महत्वपूर्ण हुने दाबी गर्छन् ।

तथ्याङ्क अनुसार ५१,१०० रोबोट सम्बन्धित उद्यमहरू, र १७९.७ बिलियन युआन, वा २५ बिलियन अमेरिकी डलर बराबरको कारोबार रोबोटिक्स उद्योगहरुले गरिरहेका छन् । चीनका कतिपय स्थानमा अर्थात साना इलेक्ट्रोनिक्स बजारमा, रोबोटका पार्टपुर्जाहरू बबल टी जस्तै बेचिने गरेको समेत पाइन्छ ।

शेन्जेनमा रोबोटिक्सको औद्योगिक विकास सम्बन्धी २०२३ को श्वेतपत्रका अनुसार बाओआन जिल्लाको औद्योगिक पार्कमा ८० प्रतिशत कम्पोनेन्टहरू ५० किलोमिटरको दायरा भित्रबाट प्राप्त गरिन्छ, जसले गर्दा लागत ३० प्रतिशतले घटेको छ।

वास्तवमा शेन्जेन क्षेत्र १० अर्ब युआन वा १.४ अर्ब अमेरिकी डलरको सरकारी प्रतिबद्धताका साथ उत्कृष्ट विज्ञान–प्रविधि नवप्रवर्तन इकोसिस्टम सिर्जना गर्ने अठोटका साथ काम समेत गरिरहेको छ । यतिबेला शेन्जेन क्षेत्र रोबोट निर्माणका लागि उत्कृष्ट ठहरिदै गएको छ । (सीसीटीभीप्लस)
 

ताजा खबर

सम्बन्धित खबर