२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

नेप्से परिसूचकमा ४६ अङ्कको गिरावट

Nada
२०८१ फागुन २५ गते १६:४३
Shares
नेप्से परिसूचकमा ४६ अङ्कको गिरावट

काठमाडौँ : यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट भएको छ । आज नेप्से परिसूचक ४६ दशमलव ३३ अङ्कले घटेर दुई हजार सात सय ७२ दशमलव १० को विन्दुमा झरेको हो ।

ncell

आज तीन सय १५ कम्पनीको दुई करोड २७ लाख २६ हजार दुई सय ८३ कित्ता शेयर एक लाख १२ हजार तीन सय ४७ पटक खरिद बिक्री हुँदा रू १० अर्ब नौ करोड ३६ लाख ५४ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा सबै समूहको उपसूचक रातो देखिएको छ । बैंकिङ एक दशमलव ३६, विकास बैंक एक दशमलव ७१, वित्त एक दशमलव ८७, होटल तथा पर्यटन शून्य दशमलव ८३, जलविद्युत् एक दशमलव ६६ र लगानी दुई दशमलव ४९ प्रतिशतले घटेको छ । त्यस्तै, जीवन बीमा एक दशमलव ७४, उत्पादन तथा प्रशोधन शून्य दशमलव ९१, लघुवित्त एक दशमलव ५८, म्युचुअल फन्ड एक दशमलव ०४, निर्जीवन बिमा एक दशमलव २६, व्यापार शून्य दशमलव ८१ र अन्य समूह दुई दशमलव ६९ प्रतिशतले घटेको छ ।

गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेड र आइसीएफसी फाइनान्स लिमिडेड डिभेञ्चरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ र उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रू एक अर्ब १२ करोड ४८ लाख ४९ हजार नौ सय ६४ बराबरको १० लाख ६२ हजार दुई सय ४६ कित्ता शेयर किनबेच भएको छ ।

ताजा खबर

सम्बन्धित खबर