काठमाडौं : डिजिटल वालेट ‘खल्ती’ले एनसेलसँग सहकार्य गर्दै आफ्नो प्रयोगकर्ताहरूका लागि डिजिटल पहुँच विस्तार गरेको छ । यस नयाँ सुविधा अन्तर्गत एनसेलका सिम भएका प्रयोगकर्ताहरूले ब्यालेन्स सकिँदा र डाटा नहुँदा पनि निस्फिक्री खल्ती एप चलाउन सक्ने भएका छन् ।
निःशुल्क खल्ती एप चल्ने भएका कारण इन्टरनेट पहुँच नपुगेको ग्रामीण भेगका व्यक्तिहरूले पनि डिजिटल सेवा मार्फत् सजिलै आफ्नो एनसेलको रिचार्ज साथै डाटा र भ्वाइस प्याकेज खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।
इन्टरनेट मार्फत् खल्तीमा रहेका साधा जनजीवनमा प्रयोग हुने बिजुली, खानेपानी, टिभी र अन्य घरेलु सेवा सुविधाको भुक्तानी, रेमिटेन्स, स्क्यान यान्ड पे देखि लिएर मुभी, इभेन्ट, खल्ती क्वीज जस्ता इनोभेटिफ सेवा सम्मको सुविधा प्रयोग गर्ने पाउने छन् ।