२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

नारी दिवसको अवसरमा नेपाल एसबिआईद्वारा कार्यक्रम

Nada
२०८१ फागुन २५ गते २१:२८
Shares
नारी दिवसको अवसरमा नेपाल एसबिआईद्वारा कार्यक्रम

काठमाडौं : अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नेपाल एसबीआई बैंक लिमिटेडले नेतृत्व सीप सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । बैंकले काठमाडौं उपत्यकास्थित सम्पूर्ण शाखाका महिला कर्मचारीहरूलाई नेतृत्व सीप सम्बन्धी तालिमको आयोजना गरेको थियो । 

ncell

सो अवसरमा सम्पूर्ण महिला कर्मचारीहरूले नेतृत्व सीपलाई उजागर गर्दै अन्तर्राष्ट्रिय नारी दिवस मनाएका थिए । काठमाडौंमा आयोजित उक्त कार्यक्रममा विश्वव्यापी रूपमा प्रख्यात भारतीय अमेरिकी नेतृत्व विज्ञ प्रशिक्षक र लेखिका पायल नानजियानीले नेतृत्व सीप सम्बन्धी प्रशिक्षण दिएका थिए । 

कार्यक्रममा बैंकिङ क्षेत्रमा महिलाहरूको उपलब्धि, योगदान, महिला सशक्तिकरण र समावेशिताको विषयमा समेत चर्चा गरिएको थियो ।

ताजा खबर

सम्बन्धित खबर