२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

सिटिजन्स बैंकका ग्राहकले इलाइट डेन्टलमा छुट पाउने

Nada
२०८१ फागुन २५ गते २१:२९
Shares
सिटिजन्स बैंकका ग्राहकले इलाइट डेन्टलमा छुट पाउने

काठमाडौं : सिटिजन्स बैंक इन्टरनेशनलका ग्राहकले सामाखुसीको इलाइट डेन्टलले प्रदान गर्ने सेवामा छुट पाउने भएका छन् । बैंक र ईलाइट डेन्टल स्टुडियोबीच सिटिजन्स बैंकबीच भएको समझदारीअनुसार बैंकका ग्राहकहरूले सो स्टुडियोमा छुट पाउने भएका हुन् ।

ncell

समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक, प्रिभिलेज कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले इलाइट डेन्टल स्टुडियोमा १५ प्रतिशत आकर्षक छुट पाउने बैंकले जनाएको छ । सो सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साह गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ ।

ताजा खबर

सम्बन्धित खबर