२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

सामसङले ल्यायो नयाँ बिस्पोक एआई रेफ्रिजेरेटर

Nada
२०८१ फागुन २५ गते २१:३१
Shares
सामसङले ल्यायो नयाँ बिस्पोक एआई रेफ्रिजेरेटर

काठमाडौं : सामसङ नेपालले गर्मी मौसमलाई ध्यानमा राख्दै आफ्नो नयाँ, स्मार्ट र स्टाइलिस बिस्पोक एआई डबल डोर रेफ्रिजेरेटर सार्वजनिक गरेको छ । सामसङको बिस्पोक एआई रेफ्रिजेरेटरले अत्याधुनिक कुलिङ प्रविधि, स्मार्ट उर्जा सञ्चय, र स्टाइलिस डिजाइनका साथ गर्मीलाई सहज बनाई यस सिजनको लागि उत्तम होम अप्लाएन्स बन्ने कम्पनीले उल्लेख गरेको छ ।

ncell

कम्पनीकाअनुसार बिस्पोकको विशेष फ्ल्याट डोर डिजाइन आधुनिक किचनको लागि उत्तम विकल्प हो । एआई एनेर्जी मोड, स्मार्टठिंगस् कनेक्सन, कन्भर्टएबल ५–इन–१ मोडहरू, र ट्वीन कुलिंग प्लस जस्ता एडभान्स फिचरहरू रहेको नयाँ बिस्पोक एआई रेफ्रिजेरेटरहरू आकर्षक, स्मार्ट र फ्लेक्सिबल पनि छन् ।

एआई एनेर्जी मोडले स्मार्ट एल्गोरिदमको प्रयोग गरी ऊर्जा खपतलाई अनुकूल बनाउँछ, जसले युजेज प्याटर्न अनुसार समायोजन गर्दै १० प्रतिशतसम्म ऊर्जाको बचत गर्न मद्दत गरी खर्च घटाउने मात्र होइन, दिगो जीवनशैलीमा पनि योगदान पुर्‍याउने कम्पनीले उल्लेख गरेको छ । नर्मल, सिजनल, एक्स्ट्रा फ्रिज, भेकेसन र होम अलोन् गरी आवश्यकताअनुसार प्रयोग गर्न मिल्ने पाँच भिन्न मोडहरू भएको यो रेफ्रिजेरेटरले ऊर्जा बचत र अधिकतम उपयोगिता सुनिश्चित गर्ने कम्पनीको दाबी छ ।

एआई एनेर्जी मोडले युजेज प्याटर्नको विश्लेषण गरी कम्प्रेसरको कार्यसम्पादनलाई अनुकूल बनाउँदै र ऊर्जा खपत घटाउँदै स्मार्ट कुलिङलाई नयाँ उचाइमा पुर्‍याउने कम्पनीले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर