२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

वैदेशिक रोजगारीमा जान नपर्ने अवस्था सिर्जना गर्नुपर्छ : युवराज खतिवडा

Nada
२०८१ फागुन २६ गते १२:२७
Shares
वैदेशिक रोजगारीमा जान नपर्ने अवस्था सिर्जना गर्नुपर्छ : युवराज खतिवडा

काठमाडौंः पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले एक दशकपछि कोही पनि वैदेशिक रोजगारीमा जान नपर्ने अवस्थाको सिर्जना गर्नुपर्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०८१ मा बोल्दै उनले आर्थिक वृद्धिदरलाई ६ प्रतिशत भन्दा माथि उकासेर देशमै रोजगारीको सिर्जना गर्नुपर्ने बताएका हुन् ।

ncell

उनले भने, ‘वैदेशिक रोजगारीमा जानु नपर्ने अवस्था सिर्जना गर्न सकिन्छ र सक्छौं, त्यसका केही सर्तहरू छन्, आर्थिक वृद्धिदरलाई ६ प्रतिशत भन्दा माथि उकास्नुपर्छ । वित्तीय स्रोत तथा साधनलाई काम र रोजगारी सिर्जनातर्फ लैजानुपर्छ । वैदेशिक रोजगारीबाट फर्केकाहरुलाई श्रम बजारमा आवद्ध गर्नुपर्ने र आर्जन गरेको आय आर्जनलाई स्वदेशमै लगाउने वातावरण सिर्जना गर्नुपर्छ ।’ 

उनले थपे ‘कुल जनसंख्याको ६५‍.२ प्रतिशत आर्थिक रुपमा सक्रिय छन्, त्यो जनसंख्या २ करोड भन्दा बढी छ । ती जनसंख्याले विभिन्न काम गरी आर्थिक वृद्धि गरेर ३० वर्षपछि हुने बुढ्यौलीलाई पाल्ने सक्ने अर्थतन्त्र हामीले निर्माण गर्नुपर्ने हुन्छ ।’

सोही अवसरमा ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले सम्मेलनकाे सफलताको शुभकामना दिँदै रोजगारी अभिवृद्धिको वहस संसदमा पनि चल्नुपर्ने बताए । उनले भने,‘रोजगारी अभिवृद्धिको बहस संसदमा पनि चल्नु जरुरी छ । श्रम क्षेत्रलाई राज्यले प्राथमिकतामा राखे मात्र मुलुक समृद्ध हुनेछ । राज्यले श्रमिकहरुको सामाजिक, आर्थिक र राजनीतिक रुपान्तरण हुने नीति ल्याइ कार्यान्वयन गरे मात्र यस्ता खाले सम्मेलनले सार्थकता पाउनेछन् ।’

ताजा खबर

सम्बन्धित खबर