२०८१ फागुन २८ गते बुधवार / Mar 12 , 2025 , Wednesday
२०८१ फागुन २८ गते बुधवार
Ads

अमेरिकी व्यापार युद्धलाई जितेरै छोड्ने लिबरल नेता कार्नीको प्रतिबद्धता

hardik ivf
मध्यान्ह
२०८१ फागुन २६ गते १३:४८
अमेरिकी व्यापार युद्धलाई जितेरै छोड्ने लिबरल नेता कार्नीको प्रतिबद्धता

ओटावा : क्यानडाका भावी प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार युद्ध जित्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

लिबरल पार्टीले प्रधानमन्त्री जस्टिन ट्रुडोको उत्तराधिकारीका लागि कार्नीलाई भारी मतले निर्वाचित गरेपछि तत्काल प्रतिक्रिया दिँदै ‘क्यानडेली जीवनशैली’को पक्षमा प्रतिक्रिया दिएका हुन् ।

“हामीले यो लडाइँका लागि आग्रह गरेका थिएनौँ । तर जब अरू कसैले हात हाल्छ क्यान डेलीहरू जहिले पनि प्रतिकारका लागि तयार हुन्छन्,” कार्नीले ओटावामा पार्टी समर्थकहरूको ठूलो भीडलाई भने ।

“त्यसैले अमेरिकीहरूले कुनै गल्ती नगरुन् । हकीमा जस्तै व्यापारमा युद्धमा पनि क्यानडाले जित्नेछ,” आगामी दिनमा ट्रुडोको स्थानमा कार्यभार सम्हाल्ने ५९ वर्षीय कार्नीले हालै अमेरिकाविरुद्धको खेलमा क्यानडाको विजयलाई उल्लेख गर्दै भने ।

‘अस्तित्वगत चुनौती’
आफ्नो विजय भाषणमा कार्नीले ट्रम्पको नेतृत्वमा रहेको संयुक्त राज्य अमेरिकाले क्यानाडालाई नियन्त्रण गर्न खोजिरहेको चेतावनी दिएका थिए ।

“अमेरिकीहरू हाम्रो स्रोत, हाम्रो पानी, हाम्रो भूमि र हाम्रो देश चाहन्छन्”, उनले भने, “यो हामीले विश्वास गर्न नसक्ने तर देशले सामना गरिरहेको अँध्यारो दिन हो।”

ट्रम्पले क्यानडाका कामदार, परिवार र व्यवसायमाथि आक्रमण गरेको आरोप लगाउँदै उनले भने, “हामी यस क्यानडाविरुद्धको आक्रमणमा उनीलाई सफल हुन दिन सक्दैनौँ।” “हामी सबै एक अर्काको पक्षमा र क्यानडाको जीवनशैलीका लागि उभिनुपर्छ ,” उनले भने ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise