काठमाडौंः चालू आर्थिक वर्षको पहिलो सात महिनामा ९ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज माघसम्मको वित्तीय स्थितिको विवरण सार्वजनिक गर्दै सो अवधिमा ९ खर्ब ५८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको जनाएको हो ।
गत आर्थिक वर्षको यसै अवधिको तुलनामा रेमिट्यान्स ७.३ प्रतिशत बढेको हो । माघ महिनामा मात्रै १ खर्ब ३७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ विवरणमा उल्लेख छ । विवरण अनुसार सात महिनामा अमेरिकी डलरमा रेमिट्यान्स ५.३ प्रतिशतले वृद्धि भएको छ ।
यस्तै, चालू आवको सात महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ३० हजार ४३९ रहेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ६२ हजार ६२८ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ६ हजार ३९० र १ लाख ३३ हजार ९४० रहेको थियो ।