२०८१ फागुन २८ गते बुधवार / Mar 12 , 2025 , Wednesday
२०८१ फागुन २८ गते बुधवार
Ads

यस्तो छ चालू आर्थिक वर्षको ७ महिनाको वित्तीय स्थिति (पूर्णपाठ)

hardik ivf
मध्यान्ह
२०८१ फागुन २६ गते १७:३८
यस्तो छ चालू आर्थिक वर्षको ७ महिनाको वित्तीय स्थिति (पूर्णपाठ)

काठमाडौं : २०८१ माघ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४‍.१६ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०८१/८२ को सात महिनामा उपभोक्ता मुद्रास्फीति ४‍.१६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.०१ प्रतिशत रहेको विवरणमा उल्लेख छ । 

यसैगरी समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.९५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.७४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरुको मुद्रास्फीति क्रमशः ६.५९ प्रतिशत र ३.९८ प्रतिशत रहेको थियो ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १२.८० प्रतिशत, दाल तथा गेडागुडीको ९.०६ प्रतिशत, तरकारीको ७.५६ प्रतिशत र खाद्य तथा खाद्यजन्य पदार्थको ६.३६ प्रतिशतले बढेको छ भने मरमसला उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क २.९८ प्रतिशतले घटेको छ ।

यस्तै, समीक्षा अवधिमा आयात १०.१ प्रतिशतले र निर्यात ४६.५ प्रतिशतले बढेको छ भने शोधनान्तर स्थिति रु.२ खर्ब ८४ अर्ब ४१ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ ।

पूर्णपाठ


ADV

सम्बन्धित खबर

Advertise