२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

इन्डोनेसियाको हरित अभियान : सन् २०२९ भित्र पूर्ण फोहोर व्यवस्थापन गर्ने लक्ष्य

shivam cement
२०८१ फागुन २६ गते १८:१०
Shares
इन्डोनेसियाको हरित अभियान : सन् २०२९ भित्र पूर्ण फोहोर व्यवस्थापन गर्ने लक्ष्य

काठमाडौंः इन्डोनेसियाली सरकारले सन् २०२९ सम्ममा शतप्रतिशत फोहोर व्यवस्थापन गर्ने लक्ष्य राखेको घोषणा गरेको छ। जुन लक्ष्य सन् २०२५–२०२९ राष्ट्रिय मध्यमकालीन विकास योजनामा उल्लेख गरिएको छ ।

इन्डोनेसियाका वातावरण तथा वन मन्त्री हनिफ फैसोल नुरोफिकले भने, ‘यो लक्ष्य पूरा गर्ने मुख्य प्रयासहरू मध्ये एउटा अन्तिम डिस्पोजल साइटहरू बन्द गर्नु हो, जसले अझै खुला डम्पिङ प्रणाली प्रयोग गरिरहेको छ ।’

ओपन डम्पिङ प्रणालीमा सञ्चालित कम्तीमा ३ सय ४३ ल्याण्डफिल बन्द गरिने उनले बताए । ‘पहिलो चरणमा ३७ ल्यान्डफिलहरू बन्द हुनेछन्, जुन हामीले छ महिना भित्र पूरा गर्ने लक्ष्य राखेका छौं’, नुरोफिकले पत्रकार सम्मेलनमा बताए ।

नुरोफिकले आफ्नो मन्त्रालयको पछिल्लो तथ्याङ्कले दक्षिणपूर्वी एसियाली मुलुकमा फोहोर व्यवस्थापन ३९.०१ प्रतिशत मात्रै पुगेको बताए ।

राष्ट्रिय फोहोर व्यवस्थापन सूचना प्रणालीको तथ्याङ्क अनुसार इन्डोनेसियाले सन् २०२४ सम्ममा ३०१ जिल्ला र सहरबाट कुल ३२.६ मिलियन टन फोहोर रेकर्ड गरेको छ । एजेन्सी
 

सम्बन्धित खबर