काठमाडौं : अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा म्याक लुब्रिकेन्ट्सले एक्सेलेरेट एक्सन : हर डे, हर वे नामक शीर्षकमा महिला राइडर्सको भेटघाट र र्याली कार्यक्रम गरेको हो । सिप्रदी ट्रेडिङको थापाथली कार्यालयबाट आरम्भ भएको सो र्याली ललितपुरको सातदोबाटोमा रहेको स्विमिङ कम्प्लेक्समा पुगी सम्पन्न भएको थियो ।
राइडर्स र्यालीको उद्घाटन सिप्रदी ट्रेडिङका सीईओ राजनबाबु श्रेष्ठ, सीओओ राजेशप्रसाद गिरी, उपाध्यक्ष सौरवराज थपलिया, ल्युब डिपार्टमेन्ट प्रमुख दिनेश केसी र भारत पेट्रोलियमका कन्ट्री हेड मिहिर ज्योति दत्ताद्वारा झण्डा फहराएर संयुक्त रुपमा गरेका थिए । र्यालीमा सुरक्षा केसी र वर्षा बस्नेत जस्ता लोकप्रिय इन्फ्लुन्सर तथा राइडर्स लगायत विभिन्न क्षेत्रका महिलाहरुको सहभागिता थियो ।
सहभागी राइडर्स र खेलका (र्याली कार्यक्रमको दौरान आयोजित) विजेताहरूलाई प्रमाणपत्र वितरण गरी र्यालीको समापन भएको थियो । कार्यक्रमको मुख्य उद्देश्य विशेषतः युवा महिला राइडर्सलाई जीवनमा अगाडि बढ्न रोचक ढंगले प्रेरणा दिई फोरटी स्कूटेक एनएक्सटी र फोरटी एनएक्सटीजस्ता म्याक ब्राण्डका उच्च गुणस्तरयुक्त उत्पादनबारे ग्राहक सचेतना बढाउनु रहेको कम्पनीको भनाइ छ ।