२०८१ फागुन २८ गते बुधवार / Mar 12 , 2025 , Wednesday
२०८१ फागुन २८ गते बुधवार
Ads

जननी फर्टिलिटीमा सिटिजन्सका ग्राहकलाई छुट

hardik ivf
मध्यान्ह
२०८१ फागुन २६ गते २१:५२
जननी फर्टिलिटीमा सिटिजन्सका ग्राहकलाई छुट

काठमाडौं : सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका ग्राहकले ललितपुरको कुपण्डोलस्थित जननी फर्टिलिटी क्लिनिकले प्रदान गर्ने सेवामा छुट पाउने भएका छन् । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र ललितपुरको कुपन्डोलस्थित जननी फर्टिलिटी क्लिनिकबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी भएसँगै सो सुविधा पाउने भएका हुन् ।

सो समझदारी पत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले जननी फर्टिलिटी क्लिनिकमा ५ प्रतिशत औषधीमा छुट, १० प्रतिशत प्याथोलोजी टेस्टरमा छुट र डाक्टर परामर्शमा ५० प्रतिशतसम्म छुट पाउने जनाइएको छ । सो सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

ADV

सम्बन्धित खबर

Advertise