२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

टाटाको ‘कर्भ ईभी, नेक्सन के३ ईभी र सफारी’ जनकपुरमा

Nada
२०८१ फागुन २६ गते २१:५४
Shares
टाटाको ‘कर्भ ईभी, नेक्सन के३ ईभी र सफारी’ जनकपुरमा

काठमाडौं : नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले काठमाडौंमा हालै सार्वजनिक भएको ‘कर्भ ईभी’, ‘नेक्सन के३ ईभी’ र ‘टाटा सफारी’ जनकपुरमा पनि सार्वजनिक गरेको छ । सोमबार जनकपुरस्थित गिरिजा अटोमोबाइल्समा बहुप्रतीक्षित गाडीहरू कर्भ ईभी, नेक्सन के३ र टाटा सफारी सार्वजनिक गरिएको सिप्रदीले जनाएको छ ।

ncell

गाडीको सार्वजनिक कार्यक्रममा सिप्रदी ट्रेडिङका तर्फबाट प्यासेन्जर भेहिकल बिजनेस युनिट प्रमुख सावन्तजंग सिजापती, टाटा मोटर्सका लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथनका साथै मारवाडी सेवा समितिका अध्यक्ष निर्मल चौधरी उपस्थित थिए । कार्यक्रममा सिप्रदी ट्रेडिङका प्यासेन्जर भेहिकल बिजनेस युनिट प्रमुख सिजापतीले अलि धेरै र लामो यात्रा गर्ने ग्राहकले नेक्सन के३ ईभी रोज्न सक्ने तथा प्रिमियम एसयूभीमा लामो दुरी भारतको पटना, दरभंगा यात्रा गरेर फिर्ता आउन चाहने ग्राहकले कर्भ इभी टप भेरियन्ट लिन सक्ने भनाइ राखेका थिए ।

त्यस्तै गिरिजा अटोमोबाइल्सका सञ्चालक यांदु जैनले जनकपुरमा टाटा ईभीको बढी रेन्ज भएको गाडीको आवश्यकता कर्भ ईभी र नेक्सन के३ ईभीले पूरा गरेको बताए । जनकपुरपछि अब टाटाका नयाँ गाडीको सार्वजनिक कार्यक्रम वीरगञ्जमा हुने सिप्रदीले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर