२०८१ फागुन २८ गते बुधवार / Mar 12 , 2025 , Wednesday
२०८१ फागुन २८ गते बुधवार
Ads

१६ बुँदे घोषणापत्र जारी गर्दै श्रम तथा रोजगार सम्मेलन सम्पन्न

hardik ivf
२०८१ फागुन २८ गते ०६:२०
१६ बुँदे घोषणापत्र जारी गर्दै श्रम तथा रोजगार सम्मेलन सम्पन्न

काठमाडौं : तीव्ररूपमा आन्तरिक रोजगारी सिर्जनाका लागि उच्चतम पहल गर्ने लक्ष्य समेटिएको १६ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन समापन भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा आयोजित दुईदिने राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनमा ६ वटा सत्रमा ३१ कार्यपत्रमा आन्तरिक तथा वैदेशिक रोजगारीका विषयमा छलफल भएको थियो ।

घोषणापत्रले प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उद्घाटन सत्रका अवसरमा घोषणा गरिएको आन्तरिक रोजगार प्रवर्द्धन दशकलाई सफलतापूर्वक कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगार प्रवर्द्धन दशकको लक्ष्य प्राप्तिका लागि आवश्यक रणनीति, कार्यनीति र कार्यक्रम कार्यान्वयन गर्न निजी क्षेत्रसँग सहकार्य गरिने बताए ।

मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले रोजगार प्रवद्र्घन दशकको उपलब्धि हासिल गर्न आवश्यक नीतिगत र प्रविधिगत परिमार्जन गरिने उल्लेख गरे ।

घोषणापत्रमा श्रम बजारको मागको आधारमा सीपयुक्त जनशक्ति तयार गर्नका लागि राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान र निजी क्षेत्रका रोजगारदाताहरुसँग समन्वय एवं सहकार्य गरी सरकारी क्षेत्रको सहजीकरण र निजी क्षेत्रको नेतृत्वमा तुलनात्मक लाभका उदीयमान क्षेत्रहरुमा लगानी गरी आन्तरिक रोजगारी सिर्जन गरिने उल्लेख छ ।

त्यस्तै सबै क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्दै सामाजिक सुरक्षा कोषको रकमलाई उच्च प्रतिफलयुक्त लगानीको माध्यमबाट राष्ट्रिय पुँजी निर्माण गर्ने प्रतिबद्धता जनाइएको छ ।

रोजगारदाता र श्रमिकका लागि लाभदायी बनाउन स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रहरूलाई प्रविधिको अधिकतम प्रयोगमार्फत सुदृढीकरण गरिने पनि घोषणापत्रमा उल्लेख छ ।

त्यस्तै घोषणापत्रमा प्रभावकारी श्रम कूटनीतिका माध्यमबाट वैदेशिक रोजगारलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउँदै बाध्यात्मकरूपमा वैदेशिक रोजगारमा जानुपर्ने अवस्थाको अन्त्य गर्ने, नीतिगत तथा कानुनी सुधार गरी वैदेशिक रोजगारीबाट फर्किएका कामदारको सीपको प्रमाणीकरण गरी उनीहरूले आर्जन गरेको सीप, पुँजी र अनुभवलाई उत्पादनशील कार्यमा उपयोग गर्ने विषय पनि घोषणापत्रमा उल्लेख छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise