२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

वाणगंगा-२ मा सार्वजनिक सुनुवाइ

ADV
क्षितिज किरण
२०८१ असार १७ गते १९:५८
वाणगंगा-२ मा सार्वजनिक सुनुवाइ

कपिलवस्तु : कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. २ को सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । कार्यक्रममा सहभागी वडावासीहरुले वडाको कामप्रति आफुहरु सन्तुष्टी भएको बताएका छन् । 

वडा कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा सम्पन्न योजना तथा कार्यक्रमको प्रगतीबाट वडावासी सन्तुष्टी भएको सेवाग्राहीले बताएका हुन् । वडा अध्यक्ष तथा नगर प्रवक्ता विष्णु प्रसाद पौडेलले वर्षभरीको प्रगती विवरण सुनाउँदै वडाको समग्र पूर्वाधार निर्माण, सामाजिक विकासका कार्यक्रम, वाणगंगा नगरस्तरीय योजना, प्रदेश स्तरीय योजना र संघबाट सम्पन्न योजनाबाट समृद्ध वडा निर्माणमा उल्लेखीय उपलब्धी हासिल भएको बताए ।

उनले आ.व २०८०/८१ को वडाको १ करोड १८ लाख ८६ हजार ५ सय रुपैयाँ बजेट सिलिङबाट शतप्रतिशत वडा स्तरीय योजनाहरु सम्पन्न गरेको जानकारी दिए । 

सेवाग्राहीको गुनासा र प्रश्नको जवाफ दिँदै वडा अध्यक्ष पौडेलले वडावासीको साथ र सहयोगले बाँकी अवधीमा सवै समस्याहरु सम्बोधन हुने प्रतिवद्धता व्यक्त गरे । 

कार्यक्रममा वाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले राम्रा कामको निरन्तरा दिँदै वडाले गुनासाहरु कम आउने गरी काम गर्नुपर्ने सुझाव दिए । उनले नगरपालिकाले व्यक्तिगत आंकाक्षाहरु पूरा गर्न नसक्ने बताउँदै समग्र नगरवासीमा खुशी ल्याउने विषयलाई प्राथमिकतामा राखेर नगरको नीति, कार्यक्रम र बजेटमा समावेश भएको बताए ।

उनले ‘विलिभ वाणगंगा, ब्राण्ड वाणगंगा’ को अभियानलाई सबैले साथ दिनुपर्ने बताए । वडा न. २ पहिलो प्रवेशद्वार भएकाले पूर्ण सरसफाइको अभियानको शुरुवात यही वडाबाट हुनुपर्ने बताए । छाडा गाईको व्यवस्थापनमा उल्लेखनिय प्रगती भएको बताउँदै मरासिनीले छाडा गाई व्यवस्थापनमा सवैको दायित्व हुने बताए । जसलाई जे जिम्मेवारी तोकिएको छ, ती सवै जिम्मेवारी पूरा गर्‍‍यौं भने कहि कतै गुनासा र समस्या नआउने बताए । 

सेवाग्राहीले उठाएका जिज्ञासा, प्रश्नको जवाफ दिँदै रासायनिक मलखादको समस्या नगरको मात्र समस्या नभएको उनले बताए । शैक्षिक योजनालाई पुन:लेखन गरी शिक्षा क्षेत्रमा व्यापक सुधारको खाँचो भएको उल्लेख गर्दै उनले पञ्चकोणीय सिद्धान्तमा काम गर्नुपर्ने बताए । 

नगरपालिकाले लिएको कक्षा ८ को परीक्षा र एसईईको नतिजा राम्रो नआएको बताउँदै यसका सम्बद्ध सबै निकाय जिम्मेवार हुनुपर्ने प्रशासकीय अधिकृत मरासिनीले बताए । 

कार्यक्रममा स्वास्थ्य र सुरक्षा लगाएतका प्रश्नमा पिपरा अस्पतालका डा.तेजेन्द्र प्रसाद थारु, इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक गोपालजंग रायमाझीले जवाफ दिएका थिए । 

कार्यक्रममा वडावासीले कृषि, सिँचाई, मलखाद, फोहोरमैला व्यवस्थापन, नाला निर्माण, डुबानको समस्या, विद्युत, उपभोक्ता समितिको काम, शैक्षिक गुणस्तर लगाएतका विषयवस्तु उठान गरेका थिए ।

कार्यक्रम हरि अधिकारीले सञ्चालन गरेका थिए भने पत्रकार बाबुराम रायमाझीले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीको प्रमुख आतिथ्यता तथा वडा अध्यक्ष विष्णु प्रसाद पौडेलको अध्यक्षता सम्पन्न भएको थियो । वडा अध्यक्ष पौडेलले वर्षायाममा पनि वडावासी, टोलवासी, सरोकारवाला निकायको उत्साहजनक सहभागीताको लागि धन्यवाद समेत व्यक्त गरेका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise