२०८१ चैत १ गते शुक्रवार / Mar 14 , 2025 , Friday
२०८१ चैत १ गते शुक्रवार
Ads

हङकङले नेपाललाई दियो १०५ रनको लक्ष्य

hardik ivf
मध्यान्ह
२०८१ चैत १ गते १४:२५
हङकङले नेपाललाई दियो १०५ रनको लक्ष्य

काठमाडौं : वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा हङकङले नेपाललाई १०५ रनको लक्ष्य दिएको छ । इन्टेबे क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको हङकङले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १०४ रन बनाएको हो ।

हङकङका लागि शान्जिन शहजादलेअर्धशतकीय इनिङ खेलिन् । उनले ४७ बलको सामना गर्दै ५ चौका र १ छक्का प्रहार गर्दै ५४ रन बनाइन् ।

चाङ का योगं १६ तथा यासमिन दासवानी १४ रनमा आउट भइन् । नेपालका लागि राजमती ऐरीले ३, कप्तान इन्दु बर्माले २ तथा पुजा महतो र इश्वरी विष्टले समान १-१ विकेट लिए ।

ADV

सम्बन्धित खबर

Advertise