२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

न्युरोडको फुटपाथमा राजनीति

ADV
मुकुन्द लामिछाने
२०८१ जेठ २२ गते ०५:५५
न्युरोडको फुटपाथमा राजनीति

काठमाडौं : सोमबार काठमाडौंको न्युरोडमा संघीय सरकार र काठमाडौं महानगरका प्रहरी आमुनेसामुने भए । कारण –थियो, न्युरोडमा काठमाडौं महानगरपालिका फुटपाथ बढाउन चाहन्छ । तर, सडक डिभिजन कार्यालय काठमाडौं महानगरको योजना रोक्न चाहन्छ । काठमाडौं महानगरले फुटपाथ बढाउन सडक काट्यो । सडक डिभिजन कार्यालयले महानगरले काटोको सडक टाल्न गएपछि विवाद भएको हो । 

महानगरले काटेको सडकमा सडक डिभिजन कार्यालयले पिच गरिरहेको बेला महानगरपालिकाले रोक्न खोजेपछि विवाद भएको हो । 

उनीहरूले त्यहाँ नाराबाजी नै गरे । काठमाडौं महानगरपालिकाले न्युरोड गेटदेखि जुद्ध सालिकसम्म सवारीसाधन गुड्ने क्षेत्र घटाएर फुटपाथ थप्न सडक काटेको थियो । तर, संघीय सरकारको मातहत उक्त सडक महानगरले अनुमतिबिना भत्काएको भन्दै सडक डिभिजन कार्यालय काठमाडौंले रोकेको थियो । 

सडक डिभिजन कार्यालय काठमाडौंले पत्र पठाएर २ दिनभित्र यथास्थितिमा पुनःस्थापना गरिदिनू भनेको थियो । तर महानगरपालिकाले सडक नबनाएपछि सोमबार कार्यालय कालोपत्र गर्न पुगेको थियो । 

फुटपाथ बढाउने र बढाउन नदिने भनेर महानगरपालिका र संघीय सरकार मातहतको सडक डिभिजन कार्यालय राजनीति गर्दा सडकमै तनाव भएको हो । 

महानगरपालिकाबाट ठेक्का पाएका ठेकेदार कम्पनीले न्युरोड क्षेत्रमा सडकको पिच गत १२ जेठमा काटेपछि सडक डिभिजन कार्यालय काठमाडौंको टोलीले अनुमति विना सडकको पिच काटेको भन्दै पिच कटर नै जफत गरेको थियो ।

त्यसपछि काठमाडौं महानगरपालिकाले सडक विभाग र डिभिजन सडक कार्यालय काठमाडौं बाहिरको सडकमा धुलो थुपारिदिएको थियो । 

त्यसपछि डिभिजन सडकले पिच आफैं टालिदिन काठमाडौं महानगरपालिकालाई पत्र पठाएको थियो । महानगरले बेवास्ता गरेपछि सोमबार डिभिजन सडक कार्यालय आफैं पिच टाल्न जाँदा विवाद भएको हो । 

सडकको टोलीले पिच टालेको थाहा पाएपछि नगर प्रहरी बल प्रमुख राजुनाथ पाण्डे, पूर्वी क्षेत्र कमाण्डर एसपी दिनेश अर्याल, अर्का एसपी मनोज लामिछाने सहित करिब एक सय नगर प्रहरीको टोली न्युरोड पुगेको थियो । नगर प्रहरीका समर्थनमा केही स्थानीय समेत पुगेका थिए । 

नगर प्रहरी प्रमुख पाण्डेले महानगरको काममा हस्तक्षेप नगर्न आग्रह गरेका थिए । तर सडक विभागका इन्जिनियरहरुले आफूहरुले सडक विभागको निर्देशनअनुसार काम गर्ने जवाफ दिए ।

नेपाल प्रहरीको तर्फबाट खटिएका डीएसपीले पनि जसरी पनि पिच टाल्ने निर्देशन भएकाले नगर प्रहरीलाई फर्किन आग्रह गरे । अडिदाँ तनावकै स्थिति आउने भएपछि नगरप्रहरीहरु फर्किएका हुन् । नगरप्रहरी फर्किएका कारण न्युरोडमा देखा परेको तनाव थप अगाडि बढ्न पाएन । यो कदमका विषयमा कानुनी उपचार खोज्ने महानगरपालिकाले जनाएको छ । 

न्युरोडको फुटपाथमा भएको राजनीतिबारे संघीय सांसदहरु पनि बोल्न थालेका छन् ।

प्रमुख प्रतिपक्ष दल कांग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई काम गर्न दिनुपर्ने मत राख्छन् । 

सोमबार संसद भवन नयाँबानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै मेयर शाहमा केही गरौँ भन्ने हुटहुटी रहेकाले काम गर्न दिनुपर्ने बताए । 

‘बालेनहरू नयाँ जेनेरेसन आएका छन् । उसलाई केही गरौँ भन्ने हुटहुटी छ । हामीले काम गर्न दिनुपर्छ’ उनले भने ।  सांसद भण्डारीले आफू नयाँ पुस्तालाई काम गर्न दिनुपर्छ भन्ने पक्षमा रहेको बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise