काठमाडौं : बेलायतले केयर वर्कर र सिनियर केयर वर्कर भर्ना सम्बन्धमा नयाँ नियमहरू लगाएको छ । आगामी ४ अप्रिलदेखि लागू हुने परिवर्तित कानुनी व्यवस्थाअनुसार रोजगार प्रायोजकले विदेशी कामदारको सट्टा स्थानीय कामदारलाई प्राथमिकता दिनुपर्ने छ ।
स्थानीय स्तरमा केयर कामदार भर्ना गर्ने प्रयास गरेको तर सफल नभएको प्रमाणीकरणबिना विदेशी कामदार भर्नाको अनुमति नदिइने बताइएको छ । इंग्ल्यान्डमा बाहेक स्कटल्यान्ड, वेल्स र उत्तरी आयरल्यान्डमा भने पुरानै नियमहरू कायम गरिएको छ ।
नयाँ व्यवस्थाले हाल गरिरहेका विदेशी कामदारको अवस्थामा कुनै असर नपर्ने बताइएको छ । बेलायतले केयर वर्कर क्षेत्रमा विदेशी कामदारको निर्भरता कम गर्दै लैजाने बताएको छ ।