२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

नियोग र व्यवसायीबीच आरोप–प्रत्यारोप

shivam cement
२०८१ चैत ३ गते ०६:१५
Shares
नियोग र व्यवसायीबीच आरोप–प्रत्यारोप

काठमाडौं : कुवेतस्थित नेपाली राजदूतावासले राजस्वबाहेक नेपाली कामदारका लागि आउने मागपत्र प्रमाणीकरणमा अन्य कुनै रकम नलिएको बताएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्व उपाध्यक्ष तथा प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चका पूर्वकार्यवाहक अध्यक्ष हरिबहादुर पाण्डे क्षेत्रीले एक सञ्चारमाध्यमसँगको कुराकानीमा दूतावासमा मागपत्र प्रमाणीकरणको जिम्मेवारी पाएका कर्मचारीले आफ्ना साला, जेठान वा अन्य आफन्तको बैंक खातामा तोकिएको रकम जम्मा नगरेसम्म मागपत्र प्रमाणीकरण नगरिदिने दाबी गर्दै आवश्यक परे प्रमाण सार्वजनिक गर्ने बताएका थिए ।

संघका सचिव कर्णराज कटुवालले पनि मागपत्र प्रमाणीकरणका लागि आउने रोजगारदाता र व्यवसायीलाई होटलमा बोलाएर मोलतोल गर्ने, सय जनाको भन्दा बढीको मागपत्र प्रमाणीकरणका लागि आएमा रोजगारदातालाई बोलाएर खण्डीकरण गरेर अर्को म्यानपावर कम्पनीका नाममा पनि मागपत्र बनाउन दबाब दिने गरिएको गुनासो व्यापक रूपमा आएको सचिव कटुवालले बताएका थिए । 

व्यवसायीहरूको उक्त सार्वजनिक भनाइलाई तथ्यहीन र भ्रामक भन्दै दूतावासले उक्त समाचारले दूतावासमा कार्यरत सबै कर्मचारीको चरित्र हत्या गर्ने उद्देश्य राखेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

दूतावासले उक्त नियोगबाट कार्यसम्पादन सम्बन्धमा भइरहेको निरन्तर सुधारका बारेमा सरोकारवाला निकायहरू, वैदेशिक रोजगार व्यवसायीहरू र रोजगारदाताहरूबाट निरन्तर सकारात्मक प्रतिक्रिया पाएको पनि उल्लेख गरेको छ ।

दूतावासले कुवेतको वैदेशिक रोजगारीमा रहेका र भविष्यमा जाने कामदारको हितलाई केन्द्रविन्दुमा राखेर पेश भएका मागपत्र नेपाल सरकारले तोकेको प्रक्रिया अनुसार प्रमाणीकरण हुने गरेको उल्लेख गर्दै विज्ञप्तिमा दूतावासबाट प्रवाह गर्ने सेवा चुस्त दुरुस्त र प्रभावकारी बनाउन प्रयासरत रहेको बताएको छ ।

सम्बन्धित खबर