२०८१ चैत ३ गते आइतवार / Mar 16 , 2025 , Sunday
२०८१ चैत ३ गते आइतवार
Ads

पाँचौं एपिक नेपाल म्युजिक अवार्ड सम्पन्न

draupadi film
मध्यान्ह
२०८१ चैत ३ गते २०:४५
पाँचौं एपिक नेपाल म्युजिक अवार्ड सम्पन्न

काठमाडौं : एपिक नेपाल म्युजिक अवार्ड, २०८१ को पाँचौं संस्करण मध्यपुर थिमिस्थित २ पोखरी परिसरमा सम्पन्न भएको छ । अतिथिहरूलाई स्वागतस्वरूप विभिन्न झाँकी र बाजागाजासहित शंखधर चोकदेखि कार्यक्रम स्थलसम्म पैदल लगिएको थियो ।

प्रथम महिला राधिका शाक्यको प्रमुख आतिथ्य, आयोजक संस्थाका अध्यक्ष एमन श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमका विशिष्ट अतिथिहरूमा सांसद महेश दाहाल, थिमि नगरपालिकाका निवर्तमान नगर प्रमुख मदनसुन्दर श्रेष्ठ, म्युजिक भिडियो निर्देशक समाजकी अध्यक्ष बबिता श्रेष्ठ, अभिनेता शिव श्रेष्ठ, द्वन्द्व निर्देशक राजेन्द्र खड्गीलगायतका व्यक्तित्वहरू रहेका थिए ।

‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ सम्पन्न अवार्डमा लोकसंगीतमा क्रियाशील तथा नवप्रतिभाका सर्वोकृष्ट रचनाका साथै आधुनिक, पप, लोकपप, पर्व विशेष, काँठे, देउडा र चलचित्र गरी ३२ विधामा अवार्ड प्रदान गरिएको थियो भने लाइफटाइम एचिभमेन्ट अवार्ड कलाकार बसुन्धरा भुसाललाई नगदसहित प्रदान गरियो । 

त्यसैगरी पत्रकारद्वय ऋषि धमला र ऋषि थपलियालाई नगद राशीसहित सम्मान गरिएको थियो । कार्यक्रममा आख्यानकार एवं गीतकार भीष्मराज फुलारा, अभिनेता भुवन केसी र पल शाहलगायतका स्रष्टा, सर्जकलाई सम्मान गरिएको कार्यक्रम संयोजक राजेन्द्र पुरीले जानकारी गराए । निर्णायकमा रश्मि पाण्डे, दिलबहादुर ओखेडा, सुब्रतराज आचार्य, चन्द शर्मा, प्रकाश भट्ट थिए ।

सांस्कृतिक शहर थिमिमा सम्पन्न ऐतिहासिक अवार्ड कार्यक्रम ‘पाँचौं एपिक नेपाल म्युजिक अवार्ड, २०८१’मा विभिन्न विधामा सर्वोत्कृष्ट अवार्ड पाउनेहरूमा लोकदोहोरी गायक अमृत खाती ‘ऊनीको पछ्यौरी’, सुष्मा शाही ठकुरी ‘एकै रातैले’, लोकदोहोरी शब्द सुमन वैरागी ‘पीपलबोटे माया’, लोकदोहोरी लय रमेश परियार ‘वनमा खयर’ छन् भने लोकदोहोरी मोडेल पुरुष विमल अधिकारी, मोडल महिला अस्मिता पुरी, भिडियो निर्देशक मिलन श्रेष्ठ र नृत्य निर्देशक दीपेन्द्र तिमल्सिनाले हात पारे । 

त्यसैगरी म्युजिक एरेन्जर पुष्कर खत्री, भिडियो छायाकार उत्तम हुमागाईं, भिडियो सम्पादक विकास दाहालले अवार्ड उचाल्दै गर्दा सर्वोत्कृष्ट नवगायक विशाल सोनी ‘घन ठोकाइ’, नवगायिका दीपिका बयाम्बु ‘कश्मिरे पछ्यौरी’, सम्राट दास सर्वोत्कृष्ट आधुनिक नवमोडल पुरुष डयस्पोरा, सर्वोत्कृष्ट नवमोडल महिला सदीक्षा पाण्डे ‘विष पिउन मन लाग्छ’ गी(तबाट अवार्ड पाए ।

सर्वोत्कृष्ट आधुनिक गायक कर्णराज गिरी ‘लुकीलुकी’, आधुनिक गायिका शोभा पाण्डे ‘ए मन भन मलाई’, सर्वोत्कृष्ट आधुनिक संगीतकार दीपक शर्मा ‘लुकाउने ठाउँ नै छैन’, सर्वोत्कृष्ट आधुनिक संगीतकार जुरी अवार्ड टेकराज ओझा ‘दिल्ली आग्रा’, आधुनिक संगीतकार भूपेन्द्र बुढाथोकी ‘भाग्य लेख्ने भगवान् कहाँ छौ’, आधुनिक भिडियो मोडल पुरुष विक्रम बुढाथोकी ‘कस्तो थिएँ, कस्तो भएँ’, आधुनिक भिडियो मोडल महिला शिल्पा पोख्रेल ‘पिलपिल आँसु’ भए ।

सर्वोत्कृष्ट आइटम गीत मोडेल महिला मल्लिका राजोपाध्याय ‘आऊ सँगै झुमी नाचौं’, आधुनिक भिडियो निर्देशक रोशन दास ‘आदत’, लोकपप गायक लक्षुमण श्री ‘म तिम्रै डल्ले हो’, लोकपप गायक पब्लिक च्वाइस महेन्द्रराज बराल ‘फूल रसैले’, टेलिचलचित्र कलाकार इन्द्र दोङ लामा ‘हर्के हल्दार’, शृंगार विक्रम गौतम ‘हंगामा’, सर्वाेत्कृष्ट भाषाभाषी पुरुष कलाकार लक्ष्मीकुमार महर्जन ‘क्या : मां जी’, रोहित ढुंगाना ‘क्या राम्रो नौखुवा’, सर्वाेत्कृष्ट भजन गायक चिरञ्जीवी भण्डारी ‘राधाबिना कृण्ण आधा आधा’, सर्वाेत्कृष्ट गीतकार डायस्पोरा दीपेन्द्र खड्का ‘पलपल’ भए ।

सर्वाेत्कृष्ट भाषाभाषी गायिका शान्तिकुमारी शाही ‘कर्णालीको छालै छ’, नवप्रतिभा यमराज थापा ‘भए पनि मनभरी चोट’, सर्वाेत्कृष्ट खलपात्र सुगत करणजित ‘पागल तिम्रो यादमा’, सर्वोत्कृष्ट चलचित्र गायक डेभिड शंकर ‘दर्शन सलाम’, सर्वोत्कृष्ट भिडियो नवमोडल नृत्य सृष्टिना क्षेत्री ‘घैलाको पानी’, बालकलाकार जेभिन जिभेश र आयुसी ढकाललाई पपुलर अवार्ड प्रदान गरिएको थियो ।  

लोकदोहोरी गायक रामजी खाँड वर्षकै सर्वोत्कृष्ट अवार्ड पाउन सफल भए भने जुरी अवार्ड पाउनेहरूमा सुनिता भुजेल ‘नवपप गायक’, हुमन आचार्य, दीपिका थापा, डीआर सुजन म्युजिक भिडियो निर्देशक ‘उडेको चरी’, आधुनिक मोडेल अभि सुनार, टेकराज ओझा छन् । 

कार्यक्रमको बीचबीचमा नेवारी नृत्यहरू प्रस्तुत गरिएको थियो भने लोकप्रिय गायक धीरज राई, अमृत खातीलगायतको सांगीतिक प्रस्तुतिले कार्यक्रमलाई थप मनोरञ्जन प्रदान गरेको थियो । 

पाँचौं एपिक नेपाल म्युजिक अवार्ड सम्पन्न गर्नका लागि सूर्यविनायक नगरपालिका, गोदावरी नगरपालिका, कीर्तिपुर नगरपालिका, तारकेश्वर नगरपालिका, दक्षिणकाली नगरपालिका, चलचित्र विकास बोर्ड, नबिल बैंक, नेपाल टेलिकम र ग्लोबल आइएमई बैंकले सहकार्य गरेका थिए ।

ADV

सम्बन्धित खबर

Advertise