२०८१ चैत ४ गते सोमवार / Mar 17 , 2025 , Monday
२०८१ चैत ४ गते सोमवार
Ads

हावाहुरीले विद्यालयको छाना उडाउँदा ६ लाख बराबरको क्षति

draupadi film
बालाराम शेर्पाली
२०८१ चैत ३ गते २२:२१
हावाहुरीले विद्यालयको छाना उडाउँदा ६ लाख बराबरको क्षति

रुकुमपूर्व : रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका–८ मा रहेको जनसहयोग माध्यमिक विद्यालयको छानो हावाहुरीले उडाएको छ । शनिबार राति परेको पानीसहितको हावाहुरीले करिब ६ लाख बराबरको क्षति भएको विद्यालयले जनाएको छ । हावाहुरीले भवनको छानाका दार भाँचिएसँगै जस्तापाता उडाएको विद्यालयका प्रधानध्यापक गोकेन्द्रजंग मल्लले जानकारी दिए । 

उनका अनुसार हाल विद्यालयमा परीक्षा सञ्चालन भइरहेकाले केही समय परीक्षा समेत अवरुद्ध भएको थियो । तर वैकल्पिक व्यवस्था गर्दै अर्को भवनमा परीक्षा सञ्चालन गरिएको छ । 

विद्यालय भवन क्षतिग्रस्त भएकाले विद्यार्थी र शिक्षकहरूलाई कक्षाकोठा अभाव भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काले मल्लले विद्यालयको क्षतिको विवरण संकलन गरेर चाँडै बैठक बस्ने र पुनर्निर्माण प्रक्रिया अघि बढाउने बताए । साथै, क्षतिको विवरण सम्बन्धित निकायमा बुझाइने र तत्काल पुनर्निर्माणका स्थानीय सरकारसँग पहल कदमी अगाडि बढाइने उनले बताए । 

ADV

सम्बन्धित खबर

Advertise