२०८१ चैत ५ गते मङ्गलवार / Mar 18 , 2025 , Tuesday
२०८१ चैत ५ गते मङ्गलवार
Ads

युरोप, जापान र कोरियाको नाममा पासपोर्ट होल्ड

draupadi film
२०८१ चैत ५ गते ०६:१५
युरोप, जापान र कोरियाको नाममा पासपोर्ट होल्ड

काठमाडौं : युरोप, जापान र दक्षिण कोरियाको रोजगारीका नाममा ठूलो संख्यामा पासपोर्ट होल्ड हुँदा खाडी मुलुक जाने कामदारको अभाव देखिएको छ । हाल जापानको रोजगारीका लागि ४० हजारको हाराहारीमा युवा–युवती भाषा अध्ययन गरिरहेका छन् भने दक्षिण कोरिया जान भाषा परीक्षा उत्तीर्ण गरेका ३० हजार रोजगारीमा जान पाएका छैनन् ।

यस्तै, कोरियाकै लागि नयाँ परीक्षामा सहभागी हुन करिब ३५ हजार प्रतीक्षामा छन् । दक्षिण कोरियाको भाषा परीक्षा संचालन गर्ने र भाषा परीक्षा उत्तीर्ण गरेकालाई लैजाने विषयमा नेपालभन्दा दक्षिण कोरियाको ढिलाइ जिम्मेवार रहेको बताइएको छ ।

उत्पादनमूलक क्षेत्रका लागि अघिल्लो वर्ष पुसमा नै भाषा परीक्षाको आवेदन खुलाएको दक्षिण कोरियाले यस वर्ष चैत पहिलो हप्तामा पनि आवेदन खुल्ला गर्ने छाँटकाँट देखाएको छैन ।

गत वर्ष भाषा परीक्षा पास गरेका १७ हजार ३० जनामध्ये अझैसम्म ३ हजार बढीको सीप परीक्षाको नतिजा नआएको इपीएस कोरिया शाखाका सूचना अधिकारी कमलराज श्रेष्ठको भनाइ छ ।

दक्षिण कोरियाले नेपालबाट लैजाने गरेका कृषि, उत्पादन क्षेत्रका अतिरिक्त सेवामूलक, वन, होटल, पानीजहाज निर्माणको रोजगारीमा पनि नेपाली लैजाने प्रचारप्रसार भएपछि युवा–युवतीको ठूलो संख्या कोरियन भाषाको तयारीमा छ ।

त्यस्तै, युरोपको रोजगारीका नाममा ६० हजारको हाराहारीमा रोकिएर बसेका छन् । युरोपेली मुलुकमा रहेका नेपाली राजदूतावासहरूले करिब २ वर्षदेखि मागपत्र प्रमाणीकरण नगर्दा डिमान्ड भएका मुलुकमा पनि कामदार पठाउन नसकेको वैदेशिक रोजगार व्यवसायीहरूको गुनासो छ । नयाँ मागपत्र नआए पनि पासपोर्ट होल्ड भएर बसेको बताइएको छ ।

नेपालबाट वार्षिक ७ लाख बढी युवा–युवती श्रम स्वीकृति लिएर वैधानिक रूपमा वैदेशिक रोजगारीमा जाने गरेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको ७ महिनामा मात्र पनि ३ लाख ५ हजार ५५२ जना वैदेशिक रोजगारीमा गइसकेका छन् । आर्थिक वर्ष २०८०/०८१ मा श्रम स्वीकृति र पुनः श्रम स्वीकृति लिएर ७ लाख १४ हजार २९७ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए ।

हाल मलेसियाको रोजगारी बन्द रहेको छ भने खाडी मुलुकमध्ये कतारमा विश्वकप फुटबलपछि सुस्ताएको श्रम बजार पुरानो लयमा फर्किन सकेको छैन । करिब ६ महिनायता यूएई निरन्तर रूपमा नेपाली कामदारको प्रमुख गन्तव्य बनिरहेको छ तर यूएईमा आकर्षक तलब पाउन नसकेको श्रमिकको गुनासो छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise