२०८१ चैत ५ गते मङ्गलवार / Mar 18 , 2025 , Tuesday
२०८१ चैत ५ गते मङ्गलवार
Ads

प्रधानमन्त्री कप : कोशी ९१ रनमै समेटिँदा कर्णालीको फराकिलो जित

draupadi film
मध्यान्ह
२०८१ चैत ५ गते १७:३०
प्रधानमन्त्री कप : कोशी ९१ रनमै समेटिँदा कर्णालीको फराकिलो जित

रूपन्देहीः कर्णाली प्रदेशले कोशी प्रदेशलाई १२७ रनको अन्तरले पराजित गरेको छ । विशाल लक्ष्य पछ्याएको कोशीका सुरुवाती ब्याट्सम्यानहरूले केही टिकेर खेल्न खोजे पनि उनीहरू पेभेलियन फर्केसँगै कोशीको ब्याटिङ ‘लाइनअप’ ध्वस्त हुन पुग्यो ।

दुई सय १९ रनको लक्ष्यसहित मैदान पसेको कोशी ३५ ओभरमा आफ्नो सबै विकेट गुमाउँदै ९१ रनमै अलआउट हुन पुग्यो । कोशीका लागि सबैभन्दा बढी २५ रन चिराग साहले बनाए । 

यस्तै, साकिब हकले १३ रन र अंकित सुवेदीले १० रन बनाउँदा अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोडन् सकेनन् । कोशीलाई सस्तोमै समेट्न सुनिल धमला र दीपेन्द्र रावतले तीन/तीन विकेट बाँडे । यस्तै, दिवन पुन दुई विकेट र अनुज चुनाराले एक विकेट लिए । 

यसअघि रूपन्देहीकै एक्स्ट्राटेक ओभल क्रिकेट रङ्गशालामा टस जितर ब्याटिङ रोजेको कर्णालीले नौ विकेट गुमाउँदै २१८ रन बनाएको थियो । कर्णालीका लागि अर्जुन घर्तीले ९५ बलमा ११ चौका र दुई छक्का प्रहार गर्दै अविजित ८८ रन बनाए । यस्तै, हिमांशु शाहीले ४६, निश्चल रावलले २० र प्रकाश जैसीले १८ रन बनाए ।

बलिङमा कोशी प्रदेशका विपिन महतोले तीन विकेट लिए भने दीपेश कँडेल र प्रकाश कार्कीले समान दुई/दुई विकेट लिए । श्रवण किस्कु र सुजन थपलियाको नाममा एक/एक विकेट रह्यो । यससँगै कर्णाली प्रदेशले अंकतालिकामा थप दुई अंक जोडेको छ ।

पाँच खेल खेलेको कर्णाली प्रदेश तीनमा हार र दुईमा जित निकाल्दै चार अंक ल्याएको छभने छ खेल खेलेको कोशी पाँचमा पराजित, एकमा जितका साथ दुई अंक ल्याएर प्रतियोगिताको अंकतालिकामा पुछारमा पुगेको छ । अंकतालिकामा शीर्ष दुई स्थानमा रहने दुई टोलीबीच फाइनल खेल हुनेछ ।

ADV

सम्बन्धित खबर

Advertise