२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

प्राथमिकतामा रहेका योजनाको आधारमा बजेट छनोट गर्नुपर्छ : मन्त्री सिंह

Nada
२०८१ चैत ६ गते १४:५२
Shares
प्राथमिकतामा रहेका योजनाको आधारमा बजेट छनोट गर्नुपर्छ : मन्त्री सिंह

काठमाडौंः उप–प्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले योजना छनोट गर्दा प्राथमिकताकतामा रहेका योजनाका लागि बजेट छनोट गर्नुपर्ने बताएका छन् । 

ncell

बुधबार बिहान सिंहदरबारमा बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै मन्त्री सिंहले योजना सम्पन्न गर्न धेरै रकम चाहिने तर सीमित स्रोत साधनले काम गर्दा ढिलो हुने भन्दै योजना छनोट गर्नुपर्ने बताएका हुन् । 

उनले भने, ‘नेपालकोे अर्थतन्त्रको अवस्थाको कारण हामी व्यवहारिक हुनुपर्छ । योजना छनोट गर्दा प्राथमिकताको आधारमा बढीभन्दा बढी फाइदा हुने खालका योजनामा बजेट राख्दा राम्रो हुन्छ । योजना सम्पन्न गर्न धेरै रकमहरु चाइएको हुन्छ, तर हामीलाई उपलब्ध भएको स्रोत र साधन जति छ त्यही अनुसार काम गर्दा छिटो हुने काम ढिलो हुन्छ ।’

उनले उपत्यकाका नदिहरुको व्यवस्थाका लागि सरकारले अरबौ लगानी गर्दा पनि प्रतिफल नआएको बताए । ‘उपत्यकका नदिहरुको अवस्था एकदमै नाजुक छ । त्यसलाई सुधार्न धेरै कामहरु गर्नुपर्ने छ,’ उनले भने ।  

ताजा खबर

सम्बन्धित खबर