२०८१ चैत ८ गते शुक्रवार / Mar 21 , 2025 , Friday
२०८१ चैत ८ गते शुक्रवार
Ads

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

draupadi film
मध्यान्ह
२०८१ चैत ७ गते ०८:२३
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको विनिमय दरअनुसार अमेरिकी डलर, युरोपियन युरो, युके पाउन्ड स्टर्लिङ, स्विस फ्य्रांकलगायत मुद्राको मूल्य घटेको छ ।

बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ०२ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८२ पैसा कायम भएको छ । बुधबार एकको खरिददर १५१ रुपैयाँ १२ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७८ पैसा कायम भएको युरोको आज खरिददर १५० रुपैयाँ ४४ पैसा र बिक्रीदर १५१ रुपैयाँ १० पैसा रहनेछ ।

युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १७९ रुपैयाँ ७७ पैसा, स्विस फ्य्रांक एकको खरिददर १५६ रुपैयाँ ९२ पैसा र बिक्रीदर १५७ रुपैयाँ ६० पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ३९ पैसा र बिक्रीदर ८७ रुपैयाँ ७७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ३४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ ५१ पैसा र बिक्रीदर १०३ रुपैयाँ ९६ पैसा निर्धारण गरिएको छ ।

यस्तै, जापानी येन १० को खरिददर नौ रुपैयाँ २१ पैसा र बिक्रीदर नौ रुपैयाँ २५ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १९ रुपैयाँ १९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ८० पैसा र बिक्रीदर ३६ रुपैयाँ ९६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३८ रुपैयाँ ०३ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ १० पैसा र बिक्रीदर चार रुपैयाँ १२ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७४ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३१ रुपैयाँ ११ पैसा र बिक्रीदर ३१ रुपैयाँ २५ पैसा कायम भएको छ ।

साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ४६ पैसा र बिक्रीदर नौ रुपैयाँ ५० पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १३ रुपैयाँ ७३ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ १७ पैसा र बिक्रीदर २० रुपैयाँ २६ पैसा तोकिएको छ ।

त्यस्तै, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ७६ पैसा र बिक्रीदर १७ रुपैयाँ ८४ पैसा, कुवेती दिनार एकको खरिददर ४४८ रुपैयाँ ४ पैसा र बिक्रीदर ४४९ रुपैयाँ ९९ पैसा, बहराइन दिनार एकको खरिददर ३६६ रुपैयाँ ११ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ७० पैसा, ओमनी रियाल एकको खरिददर ३५८ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३६० रुपैयाँ ०८ पैसा रहेको छ । भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise