२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

ADV
मध्यान्ह
२०८१ असार १८ गते १४:३१
धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

काठमाडौँ : सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले अर्को छलफल नभएसम्मका लागि अन्तरिम आदेश जारी गरेको हो । 

अध्यक्षका लागि सर्टलिस्टमा परेका पाँच जनामध्ये तीन जना अन्तर्वार्तामा अनुपस्थित भएको भन्दै  सिफारिस समितिले प्रक्रिया रद्द गर्ने निर्णय गरेको थियो । सरकारले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गरेपछि यस विरुद्धमा सन्तोष नारायण श्रेष्ठ  सर्वोच्चमा रिट दायर गरेका थिए । 

गत ४ माघ २०८० मा गठित सिफारिस समितिले अध्यक्षमा आवेदन माग गरेपछि १९ जनाले आवेदन दिएका थिए । छनोटमा परेका पाँच जना मध्ये दुई जनामात्र अन्तर्वार्तामा उपस्थित भएका थिए । छनोट समितिले पहिलो चरणमा १९ जनाबाट सन्तोषनारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ, डा. नवराज अधिकारी, कृष्ण बहादुर कार्की, चिरञ्जीवी चापागाईंलाई छानेको थियो । अन्तर्वार्तामा सन्तोष नारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठ मात्रै उपस्थित भएका थिए।

कानूनअनुसार तीन जना भन्दा कम प्रतिस्पर्धी भए छनोट प्रक्रिया रद्द गर्ने राय महान्यायाधिवक्ता कार्यालयले दिएपछि अन्तर्वार्ता हुन सकेको थिएन ।

ADVADV

सम्बन्धित खबर

Advertise