२०८१ चैत ८ गते शुक्रवार / Mar 21 , 2025 , Friday
२०८१ चैत ८ गते शुक्रवार
Ads

विपिन जोशीको रिहाइका लागि पहल गरिदिन टर्कीका राष्ट्रपतिसँग आग्रह

draupadi film
मध्यान्ह
२०८१ चैत ७ गते १८:१७
विपिन जोशीको रिहाइका लागि पहल गरिदिन टर्कीका राष्ट्रपतिसँग आग्रह

काठमाडौं  : प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र टर्कीका राष्ट्रपति रेकेप तयियप इर्डाेगनलाई हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षित रिहाइका लागि थप पहल गरिदिन आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले टर्कीका राष्ट्रपति इर्डाेगनसँग टेलिफोन संवाद गरी जोशीको सुरक्षित रिहाइका लागि पहल गरिदिन आग्रह गरेका हुन् ।

जवाफमा राष्ट्रपति इर्डाेगनले यस विषयलाई आफूले गम्भीर चासोका रूपमा लिइ पहल गर्ने तथा यसबारे विपिनको परिवार र नेपाली समाजलाई जानकारी दिन आग्रह गरे ।

प्रधानमन्त्री ओलीले इजरायलमाथि आक्रमणका क्रममा सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा बन्धक बनाइएका जोशीको रिहाइका लागि पहल गरिदिन गत फागुन २७ गते इजिप्टका राष्ट्रपतिसँग पनि टेलिफोन कुराकारी गरेका थिए ।

आगामी अप्रिलमा टर्कीमा हुने कूटनीतिसम्बन्धी सम्मेलनका सहभागी हुन प्रधानमन्त्री ओलीलाई गरिएको निमन्त्रणाबारे राष्ट्रपति इर्डाेगनले स्मरण गराएका थिए ।

संवादका क्रममा आर्थिक एवं विज्ञान तथा प्रविधिका क्षेत्रमा सहकार्यका साथै दुुई देशबीचको परस्पर सम्बन्ध विस्तारबारे पनि कुराकानी भएको थियो ।
 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise