२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

म्यानमामा बाढीका कारण हजारौँ बासिन्दाहरू घरभित्रै फसे

ADV
मध्यान्ह
२०८१ असार १८ गते १५:३७
म्यानमामा बाढीका कारण हजारौँ बासिन्दाहरू घरभित्रै फसे

म्यानमा : उत्तरी म्यानमामा बाढीका कारण हजारौँ बासिन्दाहरू घरभित्रै फसेका र बिजुली र फोन लाइनहरू काटिएको स्थानीय सञ्चारमध्यमले  जनाएको छ । राज्य मौसम कार्यालयले थप भारी वर्षाको चेतावनी दिएको छ। 

राज्य सञ्चारमाध्यमले उत्तरी काचिन राज्यको सहर माइटकिनामा केही दिनको भारी वर्षाका कारण अय्यारवाडी नदीमा आएको बाढीले खतरा बढेको बताएको छ । 

“पानीको स्तर तीव्र रुपमा बढिरहेको छ। धेरै बासिन्दाहरू अझै पनि आफ्नो घरभित्र फसेका छन् । सहरमा इन्धनको अभाव छ र उद्धारकर्ताहरूले मोटर डुङ्गाबाट मानिससम्म पुग्न धेरै कठिनाइको सामना गरिरहेका छन्“, माइटकाइनाका एक बासिन्दाले आइतबारदेखि बिजुली र फोन नेटवर्क बन्द भएको बताए ।

स्थानीय सञ्चारमाध्यमले प्रदर्शन गरेको तस्बिरहरूमा बाढीका कारण डुबानमा परेका भवनहरू र टाउकोमाथि आफ्नो सामान बोकेर बसेको ठाउँभन्दा अन्यत्रै गइरहेका बासिन्दाहरुको दयनिय अवस्था देखाइएको थियो । 

वर्षाको मौसममा सामान्यतया दक्षिणपूर्वी एसियाली देशमा महिनौँसम्म भारी वर्षा निम्त्याउछ  तर मानव निर्मित जलवायु परिवर्तनले मौसमको ढाँचालाई अझ तीव्र बनाएको वैज्ञानिकहरूले बताएका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise