२०८१ चैत ९ गते शनिवार / Mar 22 , 2025 , Saturday
२०८१ चैत ९ गते शनिवार
Ads

पोठियाहीमा १ करोड बढी लागतमा सूर्य मन्दिर, छठ घाट र पार्क निर्माण हुने

draupadi film
कृष्ण तिवारी
२०८१ चैत ८ गते २२:१३
पोठियाहीमा १ करोड बढी लागतमा सूर्य मन्दिर, छठ घाट र पार्क निर्माण हुने

रौतहट : रौतहट  गरुडा नगरपालिका ६, पोठियाहीस्थित सामुदायिक पोखरी क्षेत्रको धार्मिक तथा पर्यटकीय विकासका लागि १ करोड ३८ लाख रुपैयाँको लागतमा सूर्य भगवानको मन्दिर, छठ घाट, पार्क तथा पर्खाल निर्माण गरिने भएको छ ।

संघीय तथा नगरपालिकाको बजेटबाट टेन्डर प्रक्रियामार्फत सञ्चालन गरिने यस योजनाको शुक्रबार नगर प्रमुख कन्थमनी प्रसाद जयसवालले शिलान्यास गरेसँगै निर्माण कार्य अगाडि बढ्ने भएको हो । मेयर जयसवालका अनुसार पोखरीको बीच भागमा सूर्य मन्दिर, पूर्वतर्फ छठ पर्व मनाउन विशेष घाट, साथै पोखरी वरपर पर्खाल तथा हरियाली पार्क निर्माण गरिने छ ।  स्थानीयवासीहरूको लामो समयदेखिको मागलाई सम्बोधन गर्दै कार्य अघि बढाइएको मेयर जयसवालले बताए ।

‘गरुडा नगरपालिकाले धार्मिक तथा सांस्कृतिक सम्पदाको जगेर्ना गर्ने नीति लिएको छ । यो योजनाका लागि १ करोड ३८ लाख रुपैयाँ विनियोजन गरिएको छ, जसले छठ पर्व मनाउने श्रद्धालुहरूका साथै धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउनेछ,’नगर प्रमुख जयसवालले भने ।

उनका अनुसार निर्माण कार्य पूरा भएपछि यो क्षेत्र गरुडा नगरपालिकाको एक प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बन्नेछ । स्थानीय बासिन्दाले छठ पूजा लगायत अन्य धार्मिक गतिविधिहरू थप सुव्यवस्थित रूपमा गर्न सक्ने उनको विश्वास छ । शिलान्यास कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, स्थानीय समाजसेवी, धार्मिक अगुवाहरू तथा नगरवासीहरूको उपस्थिति रहेको थियो। 

ADV

सम्बन्धित खबर

Advertise