२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

ढकालको नेतृत्वमा माओवादीको वैदेशिक रोजगार शाखा

Nada
२०८१ चैत ९ गते ०८:१९
Shares
ढकालको नेतृत्वमा माओवादीको वैदेशिक रोजगार शाखा

काठमाडौं: इगल म्यानपावर कन्सल्ट्यान्टका संचालक कृष्ण ढकालको अध्यक्षतामा नेकपा (माओवादी केन्द्र) उपत्यका विशेष प्रदेश उद्यमी महाशाखाअन्तर्गत १३ सदस्यीय वैदेशिक रोजगार शाखा गठन भएको छ ।

ncell

शुक्रबार सम्पन्न शाखाको दोस्रो भेलाले कार्यसमिति चयन गरेको हो । शाखाको उपाध्यक्षमा साउदी नेपाल रिक्रुटमेन्ट प्रा. लि.का संचालक सोम तामाङ छन् ।त्यस्तै, उपध्यक्षमा अल फलस ग्रुप ह्युमन रिसोर्स प्रा.लि.का संचालक राजु शर्मा र त्रिपल स्टारका सरोज लामा छन् । यासिन ओभरसिजका इन्द्रमणि न्यौपाने सचिव पदमा निर्वाचित भएका छन् ।

सहसचिवमा फरएभर ह्युमन रिसोर्स प्रा.लि.का रवीन्द्र राई निर्वाचित भएका छन् भने कार्यसमिति सदस्यमा यभो सपोर्ट ह्युमन रिसोर्स प्रा.लि.का सञ्चालक बिमल बस्नेत,भैरब इन्टरनेशनल सर्भिस प्रा.लि.की सञ्चालिका सुमिना तामांङ, पर्सा ओभरसिज प्रा.लि.का इन्द्र तामाङ, इम्पावर ओभरसिज प्रा.लि.का तारामणि राई, कान्तिपुर ओभरसिज प्रा.लि.का नवराज पाण्डे, अरेबियन सेन्टर प्रा.लि.का तिपेन्द्रप्रसाद न्यौपाने र गोल्डेन एचिभर्स इन्टरनेसनल प्रा.लि.का हस्तबहादुर तामाङ छन् । 

कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवको प्रमुख अतिथि थिए । त्यस्तै, माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा महाशाखाका इन्चार्ज कृष्ण केसी, उपत्यका विशेष प्रदेश समितिका सचिव कमल सापकोटा, उपत्यका विशेष प्रदेश समितिका सदस्य ईश्वरी पाण्डे तथा उपत्यका विशेष प्रदेश उद्यमी व्यवसायी महाशाखाका अध्यक्ष अम्बिर गुरुङ तथा महासचिव कुन्छा दोर्जे दिमदोङलगायतका व्यवसायीको  उपस्थिति थियो ।
 

सम्बन्धित खबर