२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

सहकारी छानबिन समितिले राष्ट्रिय दलहरूसँग सुझाव माग्ने

ADV
मध्यान्ह
२०८१ असार १८ गते १६:३९
सहकारी छानबिन समितिले राष्ट्रिय दलहरूसँग सुझाव माग्ने

काठमाडौँ । सहकारी संस्थाबारे छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले राजनीतिक दलहरूबाट सुझाव लिने भएको छ । मंगलबार बसेको समितिको बैठकले राष्ट्रिय दलको मान्यता पाएकाहरूबाट सहकारी समस्या समाधानका लागि सुझाव लिने निर्णय गरेको हो ।

प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलहरूबाट समस्या समाधानका लागि लिखित रूपमा सुझाव उपलब्ध गराउन पत्राचार गर्ने निर्णय गरेको समितिका संयोजक सूर्य थापाले बताए ।

आजको बैठकले राष्ट्रिय सहकारी महासंघ, केन्द्रीय सहकारी संघ र राष्ट्रिय सहकारी बैंक लिमिटेडका पदाधिकारीसँग पनि छलफल गरेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise