काठमाडौं : रोस्किनोले २० मार्चदेखि २४ सम्म नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सवको क्रममा रुसी फिल्महरूको प्रदर्शन आयोजना गरिएको छ । शनिबार काठमाडौंको छायाँ सेन्टरमा रुसी चलचित्र दिवसको आयोजना भएको हो ।
रोस्किनोद्वारा आयोजित र रूसी संस्कृति मन्त्रालयको सहयोगमा ३ वटा रुसी चलचित्रहरू प्रदर्शन गरिएको छ । प्रदर्शन भएका चलचित्रहरूमा ४ चौथाई, न्युरेम्बर्ग र हामी तीन जना रहेका छन् ।
निफका अध्यक्ष केपी पाठकले निफमा रसियन चलचित्र दिवस पहिलोपटक मनाइएको बताए । उनले विभिन्न देशसँग चलचित्र सहकार्य कायम गर्न खोजेको र संसारका चलचित्र नेपालीसहित विश्वमाझ देखाइने बताए । उनले यस वर्षको निफमा रसियन समाज, रसियन चलचित्र र रसियन गतिविधिलाई अगाडि बढाउने लक्ष्य रहेको बताए ।
रसियन कल्चर सेन्टरका निर्देशक एनथम मास्लोवले नेपाली दर्शकहरूले रसिया र त्यहाँको चलचित्रको बारेमा देखाएको उत्साह सरहनीय भएको बताए । उनले रसियन दूतावास र रोस्किनोको सहकार्यमा निफले सुरूवात गरेको यो कदमले अझै धेरै रसियन फिल्म, संस्कृति र रसियनहरूको जीवन देखाउन खोजिएको बताए ।
निकोलाई लेबेदेवद्वारा २०२३ मा निर्देशित चलचित्र हो न्युरेम्बर्ग हो । एबजेनिया तिर्दाटोवाद्वारा निर्देशित चलचित्र २०२४ चौथाई हो भने हामी तीन जना एलेकजेन्ड्रा सह्रानाले २०२१ मा निर्देशन गरेको चलचित्र हो ।