२०८१ चैत ११ गते सोमवार / Mar 24 , 2025 , Monday
२०८१ चैत ११ गते सोमवार
Ads

अन्तर्राष्ट्रिय शान्ति म्याराथनको उपाधि अनिस र सन्तोषीलाई

draupadi film
मध्यान्ह
२०८१ चैत ९ गते १९:०६
अन्तर्राष्ट्रिय शान्ति म्याराथनको उपाधि अनिस र सन्तोषीलाई

काठमाडौं : तेस्रो लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन–२०२५को उपाधि भारतीय सेनाका अनिस थापा मगरले जितेका छन् । 

फोर एट गोर्खा राइफल्सका मगरले २ घण्टा २० मिनेट १८ सेकेण्डमा ४२ किलोमिटर लामो म्याराथन पूरा गरी प्रथम भएका छन् । उनले ३ लाख ५० हजार रुपैयाँ नगद पुरस्कारसहित पदक र प्रमाणपत्र प्राप्त गरे ।

यस्तै दोश्रो भएका त्रिभुवन आर्मी क्लबका सुशिलकुमार शाहीले २ घण्टा २० मिनेट २५ सेकेण्डमा पूरा गरी २ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । केन्याका धावक स्टेफेन कोस्गेईले २ घण्टा २० मिनेट ४७ सेकेण्डमा म्याराथन पूरा गरी तेस्रो स्थान प्राप्त गरे । उनले १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार जिते ।

२१ किलोमिटरको महिला हाफ म्याराथनमा सन्तोषी श्रेष्ठले १ घण्टा २० मिनेट ५ सेकेण्डमा दूरी पूरा गरी प्रथम भइन् । उनले १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्राप्त गरिन् ।

त्रिभुवन आर्मी क्लबकी पूर्णलक्ष्मी न्यौपानेले २ घण्टा २१ मिनेट ४९ सेकेण्डमा दूरी पूरा गरी दोस्रो स्थान पाइन् । उनले १ लाख रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरिन् । चीनकी चेन वेईले २ घण्टा २६ मिनेटमा दूरी पूरा गरी तेस्रो भइन् । उनले ८० हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरिन् ।

बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना गरिएको प्रतियोगितामा पुरस्कृत खेलाडीहरूलाई चीनका राजदूत चेन सोङ र नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले नगद पुरस्कार र प्रमाणपत्र वितरण गरे ।
यसैगरी ५ किलोमिटर दूरीको छात्र–छात्राको म्याराथन र तीन किलोमिटरको वकाथन प्रतियोगितासमेत सम्पन्न भएको छ ।
दोस्रो लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति तथा ध्यान महोत्सव कार्यक्रमअन्तर्गत चिनियाँ दूतावासको सहकार्यमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसहित विभिन्न निकायहरूले म्याराथनको आयोजना गरेका थिए ।

ADV

सम्बन्धित खबर

Advertise