२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

उत्तर प्रदेशमा धार्मिक भेलामा भागदौड, ६० जनाको मृत्यु

ADV
मध्यान्ह
२०८१ असार १८ गते १९:४६
उत्तर प्रदेशमा धार्मिक भेलामा भागदौड, ६० जनाको मृत्यु

एजेन्सी : उत्तर प्रदेशको हाथरसमा सत्संगको क्रममा भागदौड हुँदा ६० भक्तजनको मृत्यु भएको छ । हाथरसका प्रहरी उपरीक्षक निपुन अग्रवालले उक्त दुर्घटनामा करिब ६० जनाको मृत्यु भएको र १८ जना घाइते भएको बताएका छन् ।

मृतकमध्ये अधिकांश महिला र बालबालिका छन् । उनीहरूको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । कैयौं मानिसहरूको अस्पतालमा उपचार भइरहेको र मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ । उत्तर प्रदेशका अधिकारीहरूका अनुसार एकजना कथावाचकको प्रवचन सुन्न हजारौं जना भेला भएको ठाउँमा भागदौड भएको थियो ।

सत्संगका लागि तयार गरिएको पालभित्र अत्यन्तै गर्मी भएका कारण घटना भएको हुनसक्ने विवरण सार्वजनिक भएका छन् । मुगलगढी गाउँमा आयोजना गरिएको शिवको पूजामा त्यसरी मानिसहरू भेला भएका थिए । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाको छानबिन गर्न आदेश दिएका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले हातरस घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले भने, ‘म ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दछु । यस दुर्घटनामा परी घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’

ADVADV

सम्बन्धित खबर

Advertise