२०८१ चैत १३ गते बुधवार / Mar 26 , 2025 , Wednesday
२०८१ चैत १३ गते बुधवार
Ads

हुन्डाईको क्रेटा इभी र क्रेटा आईसीई सार्वजनिक

draupadi film
मध्यान्ह
२०८१ चैत १२ गते ११:२०
हुन्डाईको क्रेटा इभी र क्रेटा आईसीई सार्वजनिक

काठमाडौं : हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले क्रेटा ईभी र क्रेटा आइसीइ (मेड इन नेपाल) सार्वजनिक गरेको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको हो ।

लक्ष्मी ग्रुपका अनुसार सन् २०१५ मा सार्वजनिक भएको क्रेटा पेट्रोल नेपालमा सर्वाधिक बिक्री हुने गाडीको सूचीमा रहेको छ । नेपालमा यसको १० हजारभन्दा बढी गाडी बिक्री भएको छ ।

सार्वजनिक गरिएको क्रेटा ईभीमा ३६ वटा विशेषता रहेको कम्पनीको दाबी छ । जसमा ६ वटा स्वचालित एयरब्याग, चारै चक्कामा डिस्क ब्रेक, २०० मिमी ग्राउन्ड क्लियरेन्स, ६ वटा डल्बी डिजिटल स्पिकर, एबीएस प्रणाली आदि रहेका छन् ।

क्रेटा ईभीलाई १०० किलोवाटको डीसी चार्जरबाट चार्ज गर्दा ३९ मिनेटमा र ५० किलोवाटबाट चार्ज गर्दा ५८ मिनेटमा १० देखि ८० प्रतिशतसम्म चार्ज हुने कम्पनीको दाबी छ।

हाल नेपाली बजारमा क्रेटा ईभीको मूल्य ५१ लाख ९६ हजारदेखि ५९ लाख ९६ हजारसम्म रहेको छ । यसैगरी, ‘मेड इन नेपाल’ क्रेटा पेट्रोलको सुरुवाती मूल्य ५३ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise