२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

बैंकहरुको निक्षेप ६३ खर्ब नाघ्यो, कर्जा प्रवाह भने साढे ५१ खर्ब मात्रै

ADV
मध्यान्ह
२०८१ असार १८ गते २१:४६
बैंकहरुको निक्षेप ६३ खर्ब नाघ्यो, कर्जा प्रवाह भने साढे ५१ खर्ब मात्रै

काठमाडौं : बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेपको आकार ६३ खर्ब नाघेको छ । तर, ऋण प्रवाह भने साढे ५१ खर्ब पनि पुग्न सकेको छैन ।

असार १६ गतेसम्म वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीहरुमा ६३ खर्ब ३५ अर्ब निक्षेप (डिपोजिट) ६३ खर्ब २ अर्ब रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । साथै सोही दिनसम्म वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले मात्रै ५१ खर्ब ४९ अर्ब ऋण प्रवाह गरेका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार असार १५ गतेदेखि १६ गतेसम्म बैंकहरुमा आठ अर्ब निक्षेप थपिएको थियो भने लगानी भने ३ अर्बले मात्रै वृद्धि भएको थियो । जसले बैंकिङ क्षेत्रमा निक्षेपको तुलनामा ऋण प्रवाहमा सुधार हुन नसकेको देखाएको छ ।

तथ्यांकअनुसार असार १६ गतेसम्म वाणिज्य बैंकहरुमा ५६ खर्ब १३ अर्ब निक्षेप संकलन भएको छ भने उनीहरुले सो समयसम्म ४५ खर्ब ५६ अर्ब मात्रै ऋण प्रवाह गरेका छन् । त्यस्तै, सो अवधिसम्म अन्य बैंकिङ संस्थाहरुमा ७ खर्ब २२ अर्ब रुपैयाँ निक्षेप भएको छ भने तिनीहरुले पाँच खर्ब ९४ अर्ब ऋण लगानी गरेका छन् । 

केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत् बैंक तथा वित्तीय संस्थालाई निक्षेपको ९० प्रतिशतसम्म अर्थात् कर्जा/निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशतसम्म कायम गर्न पाउने सुविधा दिएको छ । तर हाल बैंकहरुले ७९.१८ प्रतिशत मात्र सीडी रेसियो कायम गरेका छन् ।

बजारमा कर्जाको मागमा कमी आएका कारण बैंकहरुमा निक्षेप वृद्धि हुँदै गएको हो । मागमा कमी आएका कारण बैंकहरुले ऋणको ब्याजदर घटाएका छन् भने असार १६ गतेसम्म अन्तर बैंक ब्याजदरपनि ३ प्रतिशतमा झरेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise