२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

कर्जा ग्राहकका लागि एनआईसी एशियाको छुट योजना सार्वजनिक

Nada
२०८१ असार १८ गते २१:४९
Shares
कर्जा ग्राहकका लागि एनआईसी एशियाको छुट योजना सार्वजनिक

काठमाडौं : एनआईसी एशिया बैंकले कर्जा ग्राहकका लागि छुट योजना सार्वजनिक गरेको छ । देशमा बैंकले हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्‍याउने हेतुले छुट योजना सार्वजनिक गरेको जनाएको छ ।

ncell

बैंकले २०८० चैत मसान्त सम्ममा भाखा नाघेका कर्जाहरुको हकमा सम्वन्धित ऋणीले सम्पूर्ण कर्जा रकम २०८१ असार महिना भित्रमा चुक्ता भुक्तान गरेमा जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट र साधारण बक्यौता ब्याज रकममा समेत छुट प्रदान गर्ने योजना ल्याएको हो ।

मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालुपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरु लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरुमा आर्थिक शिथिलताका कारणले मर्कामा परेका ग्राहकहरुले सो योजनामा सहभागी भई लाभ लिन सक्नेछन् ।

बैंकले ल्याएको सो छुट योजनाबाट आर्थिक शिथिलताले समस्यामा परेका ग्राहकहरुको वित्तीय भार कम गर्न केही हदसम्म भए पनि मद्दत पुग्नुका साथै देशको समग्र अर्थतन्त्रको पुनर्उत्थान एवम् दिगो सबलीकरणमा समेत टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।

ताजा खबर

सम्बन्धित खबर