२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

एकीकृत शहरी विकास केन्द्र र बोटलर्स नेपालबीच सहकार्य

ADV
मध्यान्ह
२०८१ असार १८ गते २१:५०
एकीकृत शहरी विकास केन्द्र र बोटलर्स नेपालबीच सहकार्य

काठमाडौं : एकिकृत शहरी विकास केन्द्र र बोटलर्स नेपाल लिमिटेडले काठमाडौंको भित्री क्षेत्रका दुई सामुदायिक विद्यालयबाट बाबा (बालबालिका र वातावरण) परियोजना औपचारिक रुपमा शुरु गरेको छ ।

काठमाडौं महानगरपालिका, शहरी योजना आयोग र विद्यालयका प्रतिनिधिहरुकोे उपस्थितिमा एक प्रारम्भिक कार्यशालाको आयोजना गरेर उक्त कार्यक्रमको उद्घाटन गरिएको थियो ।

काठमाडौं महानगरपालिकाले यस परियोजनाद्वारा यहाँका सरकारी शैक्षिक संस्थाहरुलाई थप प्रभावकारी बनाउने र शिक्षाको गुणस्तर बढाउने परिकल्पना गरेको छ । परियोजनामा सहभागी विद्यार्थीहरुलाई फोहोर व्यवस्थापन, रिसाइक्लिङ्ग, पुनः प्रयोग, अप साइकलिङ्ग, र फोहोरको वर्गीकरण जस्ता विविध विषयहरुको ज्ञान प्रदान गरिनेछ । 

उनीहरुलाई वातावरणीय समस्याहरु, वातावरण संरक्षणमा हाम्रो जिम्मेवारी जस्ता ज्ञान प्रदान गर्नु नै यस परियोजनाको मूख्य उद्देश्य हो । कार्यशालामा एकिकृत शहरी विकास केन्द्रका कार्यकारी निर्देशक, नविन विकास महर्जनले बाबा परियोजनाबारे जानकारी दिए ।

परियोजनाकी संयोजक, समिक्षा भट्टराईले कार्यक्रमको उद्देश्य, कार्यविधि, गतिविधि र अपेक्षित नतिजाहरुको बारेमा चर्चा गरे । यो परियोजनालाई कामनपा वडा नं २२ मा रहेको हिमालय मावि र कामनपा वडा नं १२ मा रहेको श्री महेन्द्र सरस्वती सेवा आधारभूत विद्यालयमा पूरक कार्यक्रमका रुपमा राखिएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise