२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

साल्ट ट्रेडिङले बढायो नुनको मूल्य

ADV
मध्यान्ह
२०८१ असार १८ गते २१:५२
साल्ट ट्रेडिङले बढायो नुनको मूल्य

काठमाडौं : साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नुनको मूल्य वृद्धि गरेको छ । मंगलबार बसेको लिमिटेडको सञ्चालक समितिको बैठकले नुनको मूल्यवृद्धि गर्ने निर्णय गरेको हो ।

साल्ट ट्रेडिङका नायब प्रमुख कार्यकारी अधिकृत कुमार राजभण्डारीका अनुसार वृद्धि भएको वृद्धि भएको मूल्य मंगलबार मध्यराति देखि नै लागू हुने छ ।

सार्वजनिक नयाँ मूल्यसूचीअनुसार प्रतिकिलो २२ रुपैयाँ पर्ने आयो नुनलाई अब २६ रुपैयाँ पर्नेछ । त्यस्तै, न्यू शक्ति नुनको उपभोक्ता मूल्य प्रतिकिलो २० रुपैयाँ पर्नेछ । जसलाई यसअघि १६ रुपैयाँ प्रतिकिलो पर्दथ्यो ।

आयो नुन र न्यू शक्तिको थोक मूल्य भने क्रमशः २३ र १७ रुपैयाँ रहेको छ । तर, साल्ट ट्रेडिङले भानु नुनको मूल्यलाई भने यथावत् राखेको छ । भानु नुन प्रतिकिलो नौ रुपैयाँमै उपभोक्तालाई उपलब्ध हुने सूचनामा उल्लेख गरिएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise