२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

रास्वपा केन्द्रीय समिति बैठक : महामन्त्री ढकालको मुखमा कालो टेप 

ADV
भावना पाठक
२०८१ असार १९ गते १०:५०
रास्वपा केन्द्रीय समिति बैठक : महामन्त्री ढकालको मुखमा कालो टेप 

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक बसेको छ । महामन्त्री मुकुल ढकालको प्रतिवेदनमाथि छलफल गर्नका लागि केन्द्रीय समितिको बैठक बसेको बसेको हो । 

बैठकमा महामन्त्रीले देश दौडाहाबाट संकलन गरेको पार्टीबारे आम नागरिकको धारणासहितको प्रतिवेदनमाथि छलफल हुने कार्यक्रम छ । बैठकलाई लाइभ गर्नुपर्ने माग महामन्त्री ढकालको थियो । तर रास्वपाले उनको यो मागलाई संबोधन गरेको छैन । 

आफ्नो मागलाई बेवास्ता गरिएपछि महामन्त्री ढकाल मुखमा मास्क लगाएर बाहिरपट्टि कालो टेप टासेर बैठकमा सहभागी भएका छन् । उनले प्रतिवेदनमाथि उठेका प्रश्नको चित्त बुझ्दो जवाफ नदिए पार्टीले कारवाही गर्न सक्ने बताइएको छ । 

ढकालले २०८४ सालको चुनावमा रास्वपा विवेकशील साझा पार्टी जसरी सकिएर जाने भन्दै निराश देखिने खालको प्रतिवेदन सभापति लामेछानेलाई बुझाएका थिए । उनले पार्टी सञ्चालनको वर्तमान पद्दति परिवर्तन गर्नुपर्ने सझावसहित प्रतिवेदन पेश गरेका थिए । 

बैठकमा प्रतिवेदनका साथै पछिल्लो समयको राजनीतिक समीकरण र सत्ता फेरबदलका बिषयमा पनि छलफल हुने बुझिएको छ । 


 

ADVADV

सम्बन्धित खबर

Advertise