मुलुुकको राजनीतिक व्यवस्था फेरिएसँगै नागरिकको अवस्थामा सुुधार आउन नसकेको जनगुुनासो भइरहँदा राजनीतिक दलहरूले भने देश र जनताको अवस्थामा परिवर्तन आएको दाबी गर्दै आएका छन् । यद्यपि, पछिल्ला राजनीतिक घटनाक्रमले यो व्यवस्थामाथि चुुनौती थपेको बताइँदै आएको छ । पुुराना राजनीतिक दलहरू नसच्चिएका खण्डमा उनीहरूमाथि ठूलै विपद् आउँन सक्ने आँकलन छ ।
देशको राजनीतिक, आर्थिक, सामाजिक अवस्थामा सकारात्मक सन्देश दिनका लागि राजनीतिक दलहरूमा परिवर्तन अनिवार्य भएके महसुस गरिएको छ । पूर्वराजावादीसहितको पछिल्ला आन्दोलन र नागरिकका असन्तुुष्टिले दलहरूको कार्यशैली परिवर्तन हुुनुुपर्ने सन्देश दिइसकेको छ । तर, उनीहरू अझै किन सच्चिन सकेका छैनन् ? सुशासनको पक्ष सधैं किन दयनीय अवस्थामै छ ?
राजावादीहरूको चलखेल र समाजवादी मोर्चाको अवस्थालगायत विषयमा रहेर मध्यान्ह दैनिकका लागि नेकपा (एकीकृत समाजवादी पार्टी)का उपाध्यक्ष जगन्नाथ खतिवडासँग जीवन शर्माले गरेको कुराकानीको सम्पादित अंश :
मुलुकको पछिल्लो राजनीतिक उतारचढावलाई कसरी विश्लेषण गर्नुहुन्छ ?
आमराजनीतिप्रति जनआक्रोश व्यक्त भएको छ । सुशासनको मापन अत्यन्त कमजोर बन्नाले, सरकारले भ्रष्टलाई संरक्षण गर्न लाग्नाले, जनताको दैनिक जीवन कष्टकर बन्दै जानाले र लाखौं नेपालीहरू देशभित्र बस्ने वातावरण नहुँदा, उद्योगधन्दा र रोजगारीको विकास गर्ने कुनै नीति बनाउन नसक्दा नेपाली जनता राजनीतिक दलप्रति आक्रोशित छन् ।
भ्रष्टलाई संरक्षण गर्ने, सरकारमा गठबन्धन गर्ने निच प्रवृत्तिका कारण तीव्र आलोचना र असहमति छ । अर्कातिर राजनीतिक दलको कोणबाट हेर्दा राष्ट्रलाई समृद्ध बनाउनका निम्ति राष्ट्रिय एजेन्डाहरूमा एकरूपता नहुने, एउटा आउँछ अर्को जान्छ, राजनीतिक अस्थिरता बढेको बढ्यै जाने अवस्था छ ।
संविधानको चेतनाले र भावनाले नेपालको परिवर्तन र जनताका आकांक्षालाई समेटेर गणतन्त्रको भावनालाई संबोधन गर्न राजनीतिक दलहरूले मिहिनेत नगर्नेजस्ता कुराले आक्रोशको डिग्री बढेको देखिन्छ । ‘सरकार ! तिमीले राम्रो काम गरेनौ’ भनेर हामी बोलीरहेका छौं । तर, सरकारमा बस्नेहरू सधैं जनताका कामप्रति उदासीन हुने र आफ्नो स्वार्थप्रति लालायित हुने गरेका देखिन्छ ।
यही मौकालाई छोपेर पुरातनवादी, प्रतिक्रियावादीहरू राजतन्त्र ल्याउन सकिन्छ कि भनेर कोसिस गर्ने र मुलुकलाई मुठभेडतर्फ लैजानका लागि बल गर्दै छन् । अर्कातिर, हिन्दु अतिवादलाई प्रश्रय दिनका लागि विभिन्न शक्तिहरूले खेलिरहेका अवस्था छ । नेपाललाई हिन्दु अधिराज्य बनाउन कोसिस गरिरहेका जस्तो देखिन्छ ।
यसरी हेर्दा अविकासका कारण मुलुकको अस्तव्यस्तताले जनता त्रस्त छन् । भू–राजनीतिक परिस्थितितर्फ अमेरिकाको, चीनको, रुसको र भारतको शक्ति सन्तुलनको आजको अवस्था हेर्दा संसार निकै गम्भीरतातार्फ जाने छ र त्यसको असर नेपालमा पर्ने छ भन्न सकिन्छ ।
मुलुकमा व्यवस्था फेरियो, नागरिकको अवस्था फेर्न सकिएन भनेर फेरि व्यवस्था उल्ट्याउने पक्षमा केही शक्तिहरू लागेका अवस्था छ । यो स्थितिको जिम्मेवारी तपाईंसहितका राजनीतिक दलहरूले लिनुपर्दैन ?
जनताको अवस्थामा सुधार भएको छैन भन्न मिल्दैन । तर, अवस्थामा जुन मात्रामा सुधार हुनुपर्ने हो, त्यो हुन नसकेको ठीकै हो । आमजनताले पनि पहिला र अहिलेको व्यवस्था र अवस्थालाई तुलना गरेर हेर्नुपर्छ । भारतले के ग¥यो, चीनले के ग¥यो, छिमेकी देश भुटानले कसरी प्रगति ग¥यो, बंगलादेशलगायतको प्रगतिलाई हेर्दा नेपालमा विकासका मानकहरू कमजोर बन्दै गएको, राष्ट्रको इज्जत प्रतिष्ठा कमजोर बन्दै गएको जस्तो देखिएकाले आमसअन्तुष्टि बढेको छ ।
तर, शिक्षामा स्वास्थ्यमा, प्रविधिमा, विज्ञानमा, पूर्वाधारमा भएको विकासलाई हेर्नुभयो भने पहिलाको भन्दा कमजोर भयो भन्ने प्रकारको भाष्य निर्माण गर्न खोजिँदै छ । त्यस्तो होइन । यद्यपि, तत्कालीन अवस्थामा सुशासनको डिग्री कमजोर भएपछि नै जनता असन्तुष्ट भए ।
भुटानी शरणार्थी काण्डमा, सुन काण्डमा, वाइडबढी विमान काण्डमा, गिरीबन्धु टी–स्टेट काण्डमा, विभिन्न नेता र मन्त्रीहरूले गरेको बदमासी र ठूूला नेता जोडिएका भ्रष्टाचारलाई जोगाउने कुरामा जुन प्रकारको भूमिका सरकारले खेलिरहेको छ, त्यो भूमिकाबाट जनता आजित छन् । यसका लागि त हामी जिम्मेवार छैनौं ।
यी जति पनि घटनाहरू छन्, त्यसबेला सरकारमा तपाईंहरू पनि हुनुहुन्थ्यो नि ! यसको जिम्मा तपाईंको दलले लिनु नपर्ने ?
हामी जहिल्यै यो कुराको विपक्षमा छौं । मन्त्रिपरिषद्भित्र बस्दा होस् या बाहिर, दुवै ठाउँमा हाम्रो कुरा एकै प्रकारको छ । त्यस कारण हामीले अनेक पटक प्रश्न उठाएर प्रचण्ड प्रधानमन्त्री भएका बेला पनि ज्ञापनपत्र नै दिएर ध्यानाकर्षण गरेकै थियौं । आफ्नो क्षमताले भ्याएसम्म भ्रष्टाचारका विरुद्धमा सबैभन्दा पहिला सडकमा आउने पार्टी पनि हाम्रै हो ।
सरकारले पछिल्लो समयमा गरेका यी सबै कुरामा हाम्रो हिस्सेदारी छैन । सरकारमा बस्दा प्रभावकारी काम तपाईंका मन्त्रीहरूले गरे कि गरेनन् भन्ने कुरा आउन सक्छ ।
हामीले कति सुुधार गर्न सक्यौं, मन्त्रीहरूले आफ्नो प्रोफाइल कस्तो बनाउनुुभयो ? त्यो एउटा समीक्षाको विषय होला तर हामीले मुुलुुकका निम्ति र सुुशासनका पक्षबाट हेर्दा बिगार्ने काम कुुनै पनि गरेका छैनौं । यसमा हामीलाई कसैले दोष लगाएको पनि छैन ।
यही भनेर यहाँहरूले आजको परिस्थितिको जिम्मा लिनुपर्दैन भन्नुुभएको हो ?
आजको स्थिति आउन त कांग्रेस–एमाले, केपी ओली र शेरबहादुर देउवाले जिम्मा लिनुुपर्छ किनकि देशमा सबैभन्दा शक्तिशाली सरकार मैले बनाएँ, २ दलमा पर्याप्त बहुुमत छ, भनेर उहाँहरूले संविधान संशोधनदेखि सुुशासनका अनेकौं योजना लेखेर आउनुुभएको थियो ।
तर, केही पनि गर्न नसकेपछि यही समयमा सबैभन्दा चर्कोसँग घुुसखोरी, माफियातन्त्रको संरक्षणका लागि सबै दलका शीर्ष नेताहरू लागेका, भ्रष्टाचारमा आरोप लागेको र भ्रष्टाचारीहरूलाई जोगाउनका निम्ति दुवै दलका नेताहरू संलग्न भएका कारण आक्रोश झन् बढेको हो ।
त्यस कारण आजको अवस्थामा उहाँहरू मुख्य जिम्मेवार हुुनुुहुुन्छ । जस्तै ः कुलमानजीको प्रकरण हेर्दा सारा असन्तोष प्रकट भइरहेका बेला कुलमानलाई निष्कासन गरेर उहाँहरूले आन्दोलनकारीलाई ठाउँ दिइरहनुुभएको छ ।
सरकारले नियुक्त गरेको एउटा कर्मचारीलाई सरकारले हटायो भनेर तपाईंहरू एउटा कर्मचारीको पछि किन लाग्नुुभएको ?
त्यो सामान्य सिद्धान्तको कुरा हो । तर, सारमा कसले के गरेको थियो र कुन कारणले हटाइयो, हामीलाई राम्रोसँग थाहा छ । प्रधानमन्त्रीजी के सोच्दै हुनुहुन्छ, जलस्रोतमन्त्रीजी के सोच्दै हुनुहुन्छ ? कस्ताकस्ता माफियाको नेटवर्कमा उहाँहरू संलग्न भइरहनुुभएको छ, कुन उद्देश्यका लागि यस्ता काम गर्नुभएको छ र के प्रचार गर्न खोजिरनुभएको छ ? भन्ने कुरा हामीलाई राम्ररी थाहा छ ।
न जनमतले त्यो कुरा मानेका छन्, न त अन्य राजनीतिक दलहरूले यो कुरा स्वीकार गरेका छन् । कानुनले मेरो कर्मचारी मैले बिदा गर्ने ठाउँ छ भन्दैमा मनपरीतन्त्र मच्चाउन र सर्वसत्तावादी ढंगले हिँड्न पाइँदैन ।
कांग्रेस र तपाईंहरूसमेतको गठबन्धन सरकार हुँदा बनाइएको समाजवादी मोर्चालाई नेताको आवश्यकताअनुुकूल सक्रिय बनाउने र नेता विशेषलाई सहज हुँदा निस्क्रिय राखेको आरोप लाग्ने गरेको छ नि ?
समाजवादी मोर्चा एक समय सक्रिय भएर एक समय ओझेल प¥यो । प्रचण्डजी प्रधानमन्त्री भएका बेलामा ओझेल परेजस्तो देखिन्थ्यो । उहाँ प्रधानमन्त्रीबाट हट्दाखेरि सक्रिय भएजस्तो देखियो भनेर हामीलाई लगाएको आरोपलाई हामीले गलत मान्न मिल्दैन ।
एउटा शक्तिशाली घटक पछाडि पर्दा कमजोर हुनु र त्यो शक्तिशाली घटक अगाडि आउँदा अलि बलियो भएजस्तो देखिनु स्वाभाविक हो । तर, अब समाजवादी मोर्चाले राष्ट्रिय एजेन्डाहरूमा गम्भीरतापूर्वक काम गर्ने छ । निस्क्रिय बन्ने छैन भन्ने विश्वासका साथ हामीले यसलाई पुनः सक्रिय बनाउन लागिरहेका हौं ।
यहाँहरूले यतिबेला मोर्चालाई सक्रिय बनाउनुभएको छ । मोर्चाको आगामी नीति कार्यक्रम के हो ?
पहिला पार्टी बलियो बनाउने कुरामा हामी लागेका छौं । पार्टी बलियो बनाउनका लागि आन्दोलनका कार्यक्रमहरू घोषणा गरेका छौं । ‘सुशासन र रोजगारी : समाजवादको तयारी’ भन्ने नाराका साथ राष्ट्रियता सुशासन, रोजगारी, जनजीविकाका विषयलाई उठाएर सडकमा जाने तयारी भइरहेको छ ।
यही बेलामा राजावादीहरूको चलखेल र सरकारको अकर्मण्य दृष्टिकोण दुवै कुरालाई सँगै हेर्दा गणतन्त्र रक्षाका लागि केही कार्यक्रम हामीले गर्नुपर्छ, आमजनतालाई परिचालित गर्नुपर्छ भन्ने सोचेर हामीले कार्यक्रम गरेका हौं ।
समावजादी मोर्चाले गरेको कार्यक्रममा लाखांै मानिसहरू सडकमा उत्रिएर गणतन्त्रको पक्षमा आवाज उठाएका छन् । राजसंस्थावादीहरूले चालेको कदम कति हिंसात्मक र ध्वंशात्मक भएर गएको छ भनेर आमनागरिकले देखेका छन् । हाम्रो पार्टीले आमजनतालाई सचेत र जागरुक बनाउनका लागि गाउँगाउँमा जाने कार्यक्रम तय गरेको छ । समाजवादी मोर्चा पनि सरकारका रवैयाविरुद्ध खरो प्रस्तुुत हुने कार्यक्रम बनाएर अघि बढ्ने छ ।
मोर्चामा सहभागी दल जसपा नेपाल बाहिरिँदै गर्दा अरू दलहरूलाई पनि तपाईंहरूले जोड्न सक्नुभएन नि ?
एउटा समय आउँछ । उहाँहरू फर्कनुहुन्छ । सबैलाई थप्छु भनेर थपिने कुरा पनि होइन । प्रत्येक राजनीतिक दलको आफ्नो दृष्टिकोण हुन्छ । यसमा आफूलाई समाजवादी हुँ भन्नेहरू कुनै न कुनै रूपमा आउने छन् । कोही राष्ट्रियताको एजेन्डामा, कोही सुशासनको एजेन्डामा मिल्लान्, कोही सरकारको एजेन्डामा मिल्लान् । कुनै न कुनै एजेन्डामा कुनै ढंगले हामीसँग सहकार्यमा आउने छन् । कतिपय नआउन सक्छन्, तिनलाई हामीले केही भन्न सक्दैनौं ।
पूर्वराजाको ७ फागुनको वक्तव्यपछि गणतन्त्रवादीहरू बढी अत्तालिएका र यो विषयलाई अनावश्यक स्पेश दिएका कारण पनि राजावादीहरूको चलखेल बढ्यो भन्न किन नसक्ने ?
पूूर्वराजा ज्ञानेन्द्र र उनका समर्थकले लगभग अढाइ वर्ष मिहिनेत गरेका छन् । उनीहरूले त्याही ढंगले मिडिया परिचालन गरेका छन् । आफ्ना समर्थक जुुटाउन लागेका छन् र त्यही ढंगले आफ्नो स्रोत परिचालन गर्ने योजना बनाएका छन् । हामी यो सबै कुरा देख्न सक्छौं । ७ फागुुनको वक्तव्य त्यसै आएको छैन ।
सम्पूर्ण शक्ति लगाएर उनीहरूले २५ फागुुनमा गरेको प्रदर्शन सबैभन्दा उच्चतम शक्ति प्रदर्शन हो । समाप्त गरिसकेकाहरूले सडक हाम्रो हो भनेर दाबी गरिरहँदा गणतन्त्रवादीहरूले सडक तिम्रो होइन भनेर भन्नका लागि हामीले प्रदर्शन गरेका हौं । यसपछि हाम्रो अर्को कुनै कार्यक्रम छैन ।
शुक्रबारकै प्रदर्शनले राजावादी हुँ भन्नेहरूलाई बलियो जबाफ दिइसकेको छ । २–४ हजारको भीड जम्मा गरेर कुुटपिट, लुटपाट, हिंसा, आगजनी, तोडफोड गरेर चित्त बुुझाएर बसेका छन् । मोर्चाको कार्यक्रममा लाखभन्दा बढी मानीसहरू भेला भएर गणतन्त्रको पक्षमा ऐक्यबद्धता प्रस्तुुत गरेका छन् । गणतन्त्रवादीहरू आत्तिएका होइनन् ।
पार्टीलाई कसरी जनतामाझ लैजाँदै हुुनुहुन्छ ?
अहिले देशव्यापी रूपमा पार्टीका प्रदेश, जिल्ला र गाउँ तथा वडा अधिवेशनहरू गर्ने क्रममा छौं । यो बर्खाभन्दा अगाडि नै देशभरका सबै तहका कमिटीहरू गठन, पुनर्गठन र नवीकरण गर्ने छौं । त्यसपछि हिउँददेखि हामी आक्रामक रूपमा राष्ट्रिय राजनीतिमा उदाउने छौं ।अब जनजीविकाको प्रश्नलाई उठाएर जनसंघर्षका माध्यमबाट पार्टी कसरी निर्माण गर्न सकिन्छ भनेर लागेका छौं । नेकपा (एकीकृत समाजवादी) पार्टी आजको एउटा इमान्दार कम्युनिस्ट आन्दोलन गर्ने राजनीतिक शक्ति हो । यो पार्टीसँग कम्युुनिस्ट आन्दोलनको मूलधार बन्ने क्षमता, व्यक्तित्व, इमान्दारी र निष्ठा छ ।