२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

सन्धिखर्कका किसानलाई फलफूलका बिरुवा वितरण

ADV
सुर्य प्रसाद भुसाल
२०८१ असार १९ गते १४:१३
सन्धिखर्कका किसानलाई फलफूलका बिरुवा वितरण

अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले किसानलाई व्यावसायिक र आत्मनिर्भर बनाउन पाँच हजार फलफूलका बिरुवा वितरण गरेको छ । किसानको मागका आधारमा नगरपालिकाको कृषि शाखाले अनुदानमा लिची, सुन्तला, कागती, मौसमी, ड्रागन फ्रुटलगायत फलफूलका पाँच हजार बढी बिरुवा वितरण गरेको हो ।

नगरपालिकाको ४० प्रतिशत अनुदान र किसानको ६० प्रतिशत लगानीमा किसानको मागका आधारमा लिचीको एक हजार दुई सय ५०, कागतीको एक हजार तीन सय ८०, मौसमीको पाँच सय ५०, सुन्तलाको एक हजार सात सय ३० र ड्रागन फ्रुटको एक सय २० बिरुवा वितरण गरिएको कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईले जानकारी दिए ।

फलफूल खेतीबाट किसानलाई व्यावसायिक, आत्मनिर्भर बनाउँदै आर्थिकस्तर वृद्धि गर्ने उद्देश्यले फलफूलका बिरुवा वितरण शुरु गरिएको नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए । किसानलाई बिरुवा वितरण गर्दै उनले कृषि पेसामा लागेर स्वरोजगार बनेका उत्कृष्ट किसानलाई नगरपालिकाले प्रोत्साहन गर्ने योजना बनाएको जानकारी दिए ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मञ्जु खनालले निर्वाहमुखी कृषि पेसालाई व्यावसायिक बनाउनुपर्ने बताउँदै व्यावसायिक किसानलाई नगरले सहयोग गरिरहेको बताए । पालिकाले बिरुवा लगाउने, संरक्षण गर्नेलगायतका विषयमा विज्ञमार्फत परामर्श पनि उपलब्ध गराएको उनले बताए ।

बिरुवा वितरण कार्यक्रममा नगरप्रमुख श्रेष्ठ, निमित्त प्रमुख प्रशासकीय अधिकृत खनाल, लेखा अधिकृत नवराज गौतम, कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईको उपस्थित रहेको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise