२०८१ चैत १९ गते मङ्गलवार / Apr 01 , 2025 , Tuesday
२०८१ चैत १९ गते मङ्गलवार
Ads

नेपाली लेखक संघको अध्यक्ष वियोगी बुढाथोकी

draupadi film
मध्यान्ह
२०८१ चैत १७ गते १६:०५
नेपाली लेखक संघको अध्यक्ष वियोगी बुढाथोकी

काठमाडौं : नेपाली लेखक संघको अध्यक्षमा वियोगी बुढाथोकी निर्वाचित भएका छन् ।

कपिलवस्तुको लुम्बिनीमा भएको संघको आठौं अधिवेशनमा ४५ सदस्यीय कार्यसमितिमा ३ पद अध्यक्ष, सहअध्यक्ष र महासचिवमा मात्र निर्वाचन भएको थियो ।

अन्य पदमा भने सर्वसम्मत चयन गरिएको थियो । अध्यक्षमा निर्वाचित वियोगीले ११५ मत पाएका थिए भने पराजित डा. रत्नमणि नेपालले ५९ मत पाए । सहअध्यक्षमा निर्वाचित मनोज न्यौपानले १०२ र पराजित डा. शैलेन्दुप्रकाश नेपालले ६९ मत ल्याए ।

महासचिवमा सोझो गाउँले १२६ मतसहित निर्वाचित भए भने प्रकाश विमिल ४९ मत ल्याएर पराजित भए ।

आइतबार भएको निर्वाचनमा खुल्ला उपाध्यक्षमा दामु मर्सिफुल, डा. ईश्वरमणि अधिकारी, डा. विष्णु केसी र डा. शशी थापा पण्डित निर्विरोध निर्वाचित भएका छन् ।

यसरी नै महिला उपाध्यक्षमा विमला तुम्खेवा र परराष्ट्र उपाध्यक्षमा युवराज डीसी निर्विरोध निर्वाचित भएका छन् ।

उपमहासचिवमा नारायण सापकोटा, कोषाध्यक्षमा विशुकुमार केसी निर्विरोध हुँदा खुल्ला सचिवमा निर्मल ढुंगाना, मिलन समीर र डा. लोकेन्द्रबहादुर खड्का निविरोध भएका छन् । महिला सचिवमा निर्मला कोइराला निर्विरोध भएकी छन् ।

नेपाली कांग्रेस पार्टीसँग कुनै वैधानिक आवद्धता नरहे पनि कांग्रेसको शुभेच्छुक संस्था दाबी गर्दै आएको नेपाली लेखक संघको अधिवेशनलाई पार्टी सभापति शेरबहादुर देउवाले शनिबार उद्घाटन गरेका थिए ।

ADV

सम्बन्धित खबर

Advertise