२०८१ चैत १९ गते मङ्गलवार / Apr 01 , 2025 , Tuesday
२०८१ चैत १९ गते मङ्गलवार
Ads

उदयपुरमा ठूलो परिमाणमा गाँजा बरामद

draupadi film
बिन्द्र राई
२०८१ चैत १७ गते २०:४९
उदयपुरमा ठूलो परिमाणमा गाँजा बरामद

उदयपुर : उदयपुरमा प्रहरीले बनमारा झाडीमा  लुकाइ राखिएको अन्दाजी ८ सय ९१.४२३ किलोग्राम गाँजा बरामद गरेको  छ । शनिबार बेलका नगरपालिका वडा नं.६ असारे मूर्ती खोलाको किनारामा रहेको बनमारा झाडीमा लुकाइछिपाइ राखेको गाँजा बरामद गरिएको  जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुर, ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला, सशस्त्र प्रहरी बल नेपाल वेश क्याम्प रामपुरठोक्सिला र राष्ट्रिय अनुसन्धान कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको संयुक्त प्रहरी टोलीले ३९ वटा बोराभित्र प्लाष्टिकमा बेरेर राखेको गाँजा बरामद गरेको हो ।

उक्त गाँजा हाल ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा राखिएको र  सो कार्यमा संलग्न व्यक्तिहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

ADV

सम्बन्धित खबर

Advertise